IME Life
Beema Board

बीमा सर्भेयरहरुको लाइसेन्स ३ वर्षसम्म नविकरण गर्नु नपर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लाइसेन्स नविकरणका क्रममा सर्भेयरहरुले आफ्नो इजाजतपत्र आवेदनमा अवधि नतोकिएको भन्दै गुनासो गरे पछि बीमा प्राधिकरणले अहिले नविकरण गर्नेहरुले आगामी २०८२ चैत मसान्तसम्म कायम रहने जनाएको छ । सूचना प्रकाशित गर्दै प्राधिकरणले यस अवधिमा लाइसेन्स नविकरण गर्नेको विवरण तीन वर्षसम्म सक्रिय रहने जनाएको छ ।

बीमा ऐन अनुसार बीमा सर्भेयर तथा अभिकर्ताहरुले तीन तीन वर्षमा लाइसेन्स नविकरण गर्नु पर्ने व्यवस्था छ । यस भन्दा अगाडी सर्भेयर तथा अभिकर्ताहरुले हरेक वर्षको चैत महिनामा नविकरण गर्नु पर्ने व्यवस्था थियो । तर ऐनले अभिकर्ता र सर्भेयरहरुको अवधि बढाइदिएको हो । प्राधिकरणले यस पटक देखि सर्भेयरको नविकरण अनलाइन प्रणालीबाटै हुने व्यवस्था गरेको छ । अनलाइन प्रणालीबाट नविकरण गर्ने क्रममा सर्भेयरको विषयमा समस्या देखिएको थियो । प्रचलित कानुनी व्यवस्था अनुसार सर्भेयरहरुको वर्गिकरण अनुसार नविकरण शुल्क फरक फरक रहेको छ । अर्को तर्फ कानुनमा कार्यक्षेत्र वर्गिकरण गर्नु पर्ने व्यवस्था रहेकाले पनि नविकरणमा समस्या देखिदै आएको छ ।

Prabhu
Crest

इजाजत प्राप्त सर्भेयरहरुको विवरण संशोधन गनुपर्ने भएमा प्रमाणसहित इमेल पठाउन आग्रह गरेको छ । उक्त विवरणका सम्बन्धमा केहि संशोधन गनुपर्ने भएमा प्रमाणसहित प्राधिकरणको इमेलमा अनुरोध गर्नसक्ने प्राधिकरणले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS