काठमाडौं । आज शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक २ दशमलव ४३ अंकले घटेर १,८४१ दशमलव ९३ को विन्दुमा कायम भएको छ । आज ८८ कम्पनकिो शेयर मुल्य बढेको छ भने ११३ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज ५८ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनकिो शेयर कारोबार भएको छ । आज कम्पनीको ३ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, नविल बैंकको ३ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको नेपाल टेलिकमको २ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।