IME Life
Beema Board

आइजीआई प्रुडेन्सियलको सञ्चालक समिति गठन, अध्यक्षमा हेमराज ढकाल

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मर्जर पछि आइजीआई प्रुडेन्सियलको सञ्चालक समिति गठन भएको छ । सञ्चालक समितिमा साविक आइएमई जनरलबाट चार जना र साविक प्रुडेन्सियलबाट ३ जना सहित कुल ७ जनाको सञ्चालक समिति गठन भएको हो ।

सञ्चालक समितिको अध्यक्षमा साविक आइजीआईका अध्यक्ष हेमराज ढकालले निरन्तरता पाएका छन् । त्यस्तै अहिलेको सञ्चालक समितिमा आइजीआईको तर्फबाट अम्बिका प्रसाद पौडेल, राजेन्द्र सिंह भण्डारी र कृष्ण प्रसाद शर्मा चयन भएका छन् । शर्मा स्वतन्त्र सञ्चालकको रुपमा रहेका छन् । त्यस्तै साविक प्रुडेन्सिलको तर्फबाट विशाल अग्रवाल, अर्पित अग्रवाल र अमित अग्रवाल चयन भएका छन् ।

Prabhu
Crest

आजदेखि एकिकृत कारोबार शुभारम्भ गरेको आइजीआई प्रुडेन्सिलको प्रमुख कार्यकारी अधिकृत साविक आइजीआइको तर्फबाट युगेश भक्त बादे श्रेष्ठले निरन्तरता पाएका छन् । साविक प्रुडेन्सियलका प्रमुख कार्यकारी अधिकृत श्रवण रावल बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत भएका छन् ।

आइजिआईका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र प्रुडेन्सियलका नायव प्रमुख कार्यकारी अधिकृत उज्वल ढुङ्गाना आइजीआई प्रुडेन्सियलमा पनि नायव प्रमुख कार्यकारी अधिकृत नै भएका छन् । यो निर्जीवन बीमा क्षेत्रको ५ औ सफल मर्जर हो ।

आइएमई जनरलले क्रस होल्डिङ रहेको नेपाल इन्स्योरेन्स कम्पनी सँग कुरा नमिले पछि प्रुडेन्सियल सँग मर्जर गर्ने सहमति गरेको थियो । नेपाल बीमा प्राधिकरणको लगातार दवाव र सहजिकरण पछि मर्जर सफल भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS