Connect IPS
IME Life

प्राधिकरणका अध्यक्ष सिलवालबाट हिमालयन लाइफको उद्घाटन, फोटो फिचर सहित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गुँरास लाइफ, प्राइम लाइफ, युनियन लाइफ एक आपसमा मर्ज भई हिजोदेखि एकिकृत कारोबार सुरु गरेका छन् । यी तीन कम्पनीले बिक मर्जर सफल गरेका हुन् । हिजो होटल हायतमा एक भव्य समारोहकाबीच एकिकृत कारोबारको शुभारम्भ गरेका हुन् । मर्जर पछि हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गरेका हुन् । यी तीन कम्पनी बराबरी हैसियतमा गाभिएका हुन् ।

मर्जर पश्चात बन्ने कम्पनीको कर्पोरेट कार्यालय हाल प्राइम लाइफको कार्यालय रहेको स्थानमा रहने जनाइएको छ । प्राइम लाइफ र गुराँस लाइफ २०६४ सालदेखि संचालनमा आएका हुन् भने यूनियन लाइफ इन्स्योरेन्सले २०७४ सालदेखि जीवन बीमा व्यवसाय प्रारम्भ गरेको थियो । गुराँस लाइफ इन्स्योरेको हाल चुक्ता पूँजी २ अर्ब ५३ करोड ६५ लाख ६३ हजार रुपैयाँ रहेको छ । यूनियन लाइफको २ अर्ब ३४ करोड २८ लाख र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको ३ अर्ब १४ करोड रुपैयाँ रहेको छ । अब मर्जरपछि बन्ने हिमालयन लाइफको चुक्ता पूँजी ८ अर्ब २ करोड रुपैयाँ हुनेछ ।

Prabhu
Crest

प्राधिकरणका अध्यक्ष सिलवालले हिमालयन लाइफको उद्घाटन गर्दै मर्जर पछि के गर्ने भन्ने कुरामा सबै कम्पनीहरु स्पष्ट हुनु पर्ने बताएका छन् । उनले भने ‘तपाईको सफलतासँग हाम्रो सफलता जोडिएको छ । अव हामी तपाईहरुलाई नजिकबाट नियाल्छौ ।’ बीमा प्राधिकरणले अन्य मर्जरलाई भन्दा यस मर्जरलाई विशेष चासोका साथ हेर्ने बताए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS