काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रि गर्ने भएको छ । बैंकले १५ संस्थापक शेयर धनीको नाममा रहेको १४ लाख ७७ हजार ८२२ कित्ता शेयर बिक्रि गर्ने भएको हो ।
बैंकले बिक्रिमा राखिएको उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना जारी भएको ३५ दिनभित्र आवश्यक कागजपत्र सहित आवेदन दिन अनुरोध गरेको छ । उक्त समयभित्र प्रस्तावित शेयर खरिद गर्न संस्थापक शेयरधनीहरुले निवेदन नदिएमा संस्थापक शेयरधनी बाहेकका अन्य व्यक्ति तथा संस्थालाई बिक्रि गरिने बैंकले जनाएको छ ।