IME Life
Beema Board

दुई निर्जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स को शेयर कारोबार रोक्का गरेको छ । यी दुई कम्पनी एक आपसमा गाभ्ने /गाभिने वा मर्ज भई एकीकृत कारोबार सुरु गर्ने भएसँगै नेप्सेले शेयर कारोबार रोक्का गरेको हो ।

यी दुई निर्जीवन बीमा कम्पनीहरुको बैशाख १७ गतेको पत्रानुसार उक्त संगठित संस्थाहरुबीच एक आपसमा गाभ्ने /गाभिने वा मर्जर कार्य सम्पन्न भई बैशाख २७ गतेदेखि ‘आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार सुरु गर्नेभएसँगै नेप्सले शेयर कारोबार रोक्का गरेको हो ।

Prabhu
Crest

नेप्सेले धितोपत्र दर्ता गराएका संगठित संस्थाहरु एकआपसमा मर्जरमा जाने सम्बन्धी निर्देशिका २०७९ को दफा ९ (३) बमोजिम उक्त कम्पनीहरुको शेयर कारोबार बैशाख २७ गतेदेखि रोक्का गर्ने जनाएको छ ।

दुबै कम्पनीले चैत २२ गते विशेष साधारणसभा आह्वान गरेर मर्जरको प्रस्ताव पारित गरेका थिए । बराबर हैसियतमा मर्जर भए सँगै कम्पनीको चुक्ता पूँजी तीन अर्ब २ करोड रुपैयाँ नाघ्नेछ । हाल प्रुडेन्सियल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २२ करोड रहेको छ भने आइएमई जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ८० करोड रहेको छ । मर्जर पश्चात कम्पनीको चुक्ता पूँजी निर्जीवन बीमा क्षेत्रकै सर्वाधिक धेरै हुनेछ ।

1683626071063

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS