काठमाडौं । आज नेप्शे परिसूचक १० दशमलव ६६ प्रतिशतले बृद्धि भई १८४४ दशमलव ३६ को विन्दुमा कायम भएको छ । आज २६९ कम्पनीको शेयर कारोबार हुँदा ५१ कम्पनीको शेयरमा गिरावट आएको छ भने १६० कम्पनीको शेयर बढेको छ । आज कुल ७७ करोड ३६ लाख ५२ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज बजार बढ्दा सबैभन्दा धेरै पिपुल्स पावर लिमिटेडका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयर ६.४७ प्तिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य २६९ रुपैयाँ कायम भएको छ । यसैगरी आज कालिञ्चोक दर्शनको शेयर ४.६५ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ७२० रुपैयाँ कायम भएको छ । आज सिभिल लघुवित्त वित्तीय संस्थाको शेयर ४.०५ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूलय ५६५ रुपैयाँ कायम भएको छ ।