काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक १० अंकले बढेर १,८४४ दशमलव ३६ को विन्दुमा कायम भएको छ । आज १६० कम्पनीको शेयर मुल्य बढेको छ भने ५१ कम्पनकिो शेयर मुल्य घटेको छ । आज २६९ कम्पनीको २८ लाख३६ हजार १३९ कित्ता शेयर किनबेच हुँदा ७७ करोड ४७ लाख ६० हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज कम्पनीको ६ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । स्वाभिमान लघुवित्तको ३ करोड ४७ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । नविल बैंकको २ करोडमाथि शेयर कारोबार भएको छ ।