Connect IPS
IME Life

हिमालयन लाइफका नव नियुक्त अध्यक्ष अग्रवालले लिए पद तथा गोपनियताको शपथ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका नव नियुक्त अध्यक्ष सुलभ अग्रवालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल सँग आज प्राधिकरणमै सपथ ग्रहण लिएका हुन् ।

सपथ ग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेल सहित निर्देशक तथा कर्मचारीहरुको उपस्थिति थियो । प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफ मर्जर भएर आजदेखि हिमालयन लाइफको नाममा एकिकृत कारोबार शुभारम्भ भएको छ ।

Prabhu
Crest

मर्जर पछि सञ्चालक समितिमा साविक तीन वटै कम्पनीबाट दुई दुई जनाको प्रतिनिधित्व रहेको छ । जसमा साविक युनियन लाइफको तर्फबाट अध्यक्ष सुलभ अग्रवाल सहित जीवन कुमार अग्रवाल नियुक्त भएका छन् । त्यस्तै साविक प्राइम लाइफको तर्फबाट राजिव प्रसाद प्याकुरेल र प्रमिला केसी थापा नियुक्त भएका छन् । साविक गुराँस लाइफको तर्फबाट विवेक दुगर र सौरभ दुगर नियुक्त भएका छन् । साविक युनियन लाइफकै कम्पनी सचिव इश्वर कुमार सेढाइले निरन्तरता पाएका छन् ।

हिमालयन लाइफको प्रमुख कार्यकारी अधिकृत पनि साविक युनियन लाइफकै मनोज कुमार लाल कर्णले निरन्तरता पाएका छन् । साविक प्राइम लाइफका प्रमुख कार्यकारी अधिकृत निर्मल कुमार दाहालले दोस्रो वरियतामा बस्न नमाने पछि राजिनामा दिएको स्रोतले जनाएको छ । नायव प्रमुख कार्यकारी अधिकृत भने दुई जना रहने भएका छन् । जसमा साविक गुराँस लाइफका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लाल कर्ण र साविक युनियन लाइफका कपिल कुमार दाहाल रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS