Connect IPS
IME Life

सन नेपाल लाइफको नाफा २०९ प्रतिशतले बृद्धि हुँदा अधिकांश सूचकमा उत्साहजनक प्रगति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सन नेपाल लाइफले आर्थिक वर्ष २०७८/ ८० को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीले अधिकांश सूचकमा आकर्षक सुधार गरेको छ ।

२ अर्ब २४ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ८१ करोड ९२ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ४४ करोड ३४ लाख रुपैयाँ संचिती रहेको थियो । यस अवधिसम्ममा कम्पनीको जीवन बीमा कोषमा ४ अर्ब ६१ करोड १८ लाख रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीको जीवन बीमा कोषमा ३ अर्ब ३६ करोड ५४ लाख रुपैयाँ थियो ।

Prabhu
Crest

त्यस्तै, कम्पनीको महाविपत्ती कोषमा ९ करोड १० लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीले ४४ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा २०९ प्रतिशतले बढी हो ।

यस अवधिसम्ममा कम्पनीले २ अर्ब ५१ करोड ५३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब १ करोड ९५ लाख रुपैयाँ खुद बीमा शुल्क ार्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २४ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीले ८० करोड ७० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३३ करोड १० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले दाबी भुक्तानी बढी तिरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

88%

खुसी

0%

दु :खी

6%

अचम्मित

0%

उत्साहित

6%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS