काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा गुराँस लाइफ इन्स्योरेन्सको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको बैशाख ६ गते सम्पन्न तेह्रौं वार्षिक साधारण सभाबाट पारित भएको १३ दशमलव २७ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो ।
नेप्सेमा कम्पनीको १३ दशमलव २७ प्रतिशतले हुन आउने कुल २९ लाख ७१ हजार ९३० कित्ता बोनश शेयर सूचिकृत भएको हो । उक्त बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा आएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।