काठमाडौं । आज पनि शेयर बजार ओरालो लागेको छ । आज नेप्शे परिसूचक १६ दशमलव ९३ प्रतिशतले घटेर १८३३ दशमलव ६९ को विन्दुमा कायम भएको छ । आज कुल २७० कम्पनीको शेयर कारोबार भएकोमा १८१ कम्पनीको शेयरमा गिरावट आएको छ भने ३४ कम्पनीको शेयर मूल्य वृद्धि भएको छ । आज कुल ८२ करोड ४२ लाख १७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज बजार घट्दा सबैभन्दा धेरै वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयर ८.०५ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ७९२ रुपैयाँ कायम भएको छ । यसैगरी आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर ६.०८ प्रपतशतले वृद्धि भई प्रति शेयर मूल्य ५७५ रुपैयाँ कायम भएको छ । आज एनआइबीएल गेथ फन्डको शेयर ४.८९ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ८ रुपैयाँ कायम भएको छ ।