Connect IPS
IME Life

धितोपत्र बोर्डको कारण लगानीकर्ताको मनोबल कमजोर हुँदा लगातार गिरावट, नेप्से १६.९३ अंकले घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अख्तियार गरेका नीतिगत व्यवस्थाले लगानीकर्ताको मनोबल कमजोर देखिएको छ । नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सका कारण विद्यमान ब्रोकरहरु त्रसिद हुँदा शेयर बजारमा लगातार गिरावट भइरहेको छ ।

नयाँ स्टक एक्सचेन्ज आए पनि शेयर बजारमा कस्तो प्रभाव पर्ला भन्ने संशयका कारण लगानीकर्ताहरुको मनोबल कमजोर भएको हो । बोर्डले २९ वटा ब्रोकर लाइसेन्स जारी गर्दा पुराना ब्रोकरहरु भोलिको बजार के होला भनेर चिन्तामा छन् । अर्को तर्फ विद्यमा ब्रोकर सञ्चालक तथा ब्रोकर कम्पनीमा काम गरिरहेका कर्मचारीहरुले समेत नयाँ ब्रोकर लाइसेन्स लिएका छन् । उनिहरुले ब्रोकरका लागि आवस्यक पर्ने पैसा समेत आफु सँग भएको शेयर बिक्री गरेर जुटाउन थालेका छन् ।

Prabhu
Crest

आर्थिक मन्दीले चरम रुप लिदा नयाँ बीमा कम्पनी, नयाँ स्टक एक्सचेन्ज, नयाँ कमोडिटी एक्सचेन्ज तथा नयाँ ब्रोकर लाइसेन्सका लागि पैसा जुटाउनु पर्ने बाध्यता लगानीकर्ताहरुलाई । यि क्षेत्रमा लगानी गर्ने लगानीकर्ताको अन्यत्र भएको लगानीमा पनि मन्दी छ । यहि मन्दीका कारण उनिहरुले पैसा झिक्ने सजिलो माध्यम शेयर बजारलाई बनाइरहेका छन् । जसले गर्द बजारमा सप्लाइ बढिरहेको छ । अर्को तर्फ दोस्रो बजारका लगानीकर्ताहरु सँग शेयर खरिद गर्न सक्ने क्षमता एकदमै कम छ । जसले गर्दा कारोबार रकममा लगातार गिरावट आइरहेको छ ।

सोमबार नेप्से सूचक १६.९३ अंकले घटेको छ । सूचक सँगै कारोबार रकम पनि ८२ करोड ४२ लाख रुपैयाँमा सिमित भएको छ । १८१ वटा कम्पनीको शेयर मूल्यमा गिरावट देखिएको छ भने ३४ वटा कम्पनीको शेयर मूल्यमा सुधार भएको छ । सम्पुर्ण सूचक तथा उपसूचकमा गिरावट आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS