काठमाडौं । आज साताको दोस्रो दिन पनि शेयर बजार घटेको छ । आज नेप्से परिसूचक १६ दशमलव ९३ अंकले घटेर १,८३३ दशमलव ६९ को विन्दुमा कायम भएको छ । आज ३४ कम्पनीको शेयर मुल्य बढेको छ भने १८१ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २७० कम्पनीको २८ लाख १० हजार ६२७ कित्ता शेयर किनबेच हुँदा ८२ करोड ४२ लाख १७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ३ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको २ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।