काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको तथ्यांक अनुसार कम्पनीले १० करोड ०३ लाख खुद नाफा गरेको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म सो नाफा ११ करोड ३६ लाख थियो । नाफा यो अवधिमा करीब १२ प्रतिशतले घटेको छ ।
कम्पनीले ९ महिनामा १ अर्ब ०४ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जन गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब थियो । त्यस्तै कम्पनीले ३१ करोड १७ लाख खुद बीमा शुल्क आर्जन गरेको छ ।
५७ करोड २६ लाख कुल दाबी भुक्तानी गरेको कम्पनीको ५६ करोड ५३ लाख बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।
१ अर्ब २२ करोड चुक्ता पूँजी भएको कम्पनीको जगेडामा २६ करोड ५३ लाख रहेको छ । बीमा कोषमा ७२ करोड ५४ लाख संचित छ ।
प्रकाशित रिपोर्ट अनुसार कम्पनीको वार्षिक प्रति शेयर आम्दानी १० रुपैयाँ ९२ पैसा र प्रति शेयर नेट्वर्थ १८३ रुपैयाँ २७ पैसा छ ।
हाल आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स एकीकृत कारोबारको अन्तिम तयारीमा छन् । मर्जर पछि बन्ने आइएमई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार यही वैशाख २७ गतेदेखि हुने भएको छ ।