काठमाडौं । आज नेप्शे परिसूचक १९ दशमलव १२ अंकले घटेर १८५० दशमलव ६१ को विन्दुमा कायम भएको छ । आज ६० करोड ६२ लाख ३९ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले कमाएका छन् ।
आज आत्मनिर्भर लघुवित्तको शेयर ८.२२ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ५४२ रुपैयाँ कायम भएको छ ।
यसैगरी आज इस्टर्न हाइड्रोपावर लिमिटेडका लगानीकर्ता धेरै कमाएका छन् । आज कम्पनीको शेयर ७.६१ प्रतिशतलदे बृद्धि हुँदा प्रति शेयर मूल्य ३८७ रुपैयाँ कायम भएको छ । साथै सनराइज ब्लुचिप फन्डको शेयर ५.८७ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ७ रुपैयाँ कायम भएको छ भने राष्ट्र उत्थान लघुवित्तको शेयर ३.७८ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ६३४ रुपैयाँ कायम भएको छ ।