काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १९ दशमलव १२ अंकले घटेर १,८५० दशमलव ६१ को विन्दुमा कायम भएको छ । आज २३ कम्पनकिो शेयर मुल्य बढेको छ भने १८७ कम्पनीको शेयर मुल्य घटेको छ । आज २६३ कम्पनीको २० लाख १० हजार १७० कित्ता शेयर किनबेच हुँदा ६० करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ३ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मकर जितुमााको १ ककरोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको १ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशियाको १ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।