Connect IPS
IME Life

नियामक प्राधिकरण र कम्पनीकै कर्मचारीको श्रम ऐन अनुसारको बीमा छैन, स्वास्थ्य बीमा गर्नै चाहदैनन् !  

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमाको नियमन गर्ने नेपाल बीमा प्राधिकरण र बीमा गराउने बीमा कम्पनीहरुकै कर्मचारीहरुको श्रम ऐन अनुसार औषधि उपचार र दुर्घटना बीमा हुने गरेको छैन । श्रम ऐनको दफा ५५ अनुसार रोजगारदाताले प्रत्येक श्रमिकको जुनसुकै प्रकारको दुर्घटना समेट्ने गरी कम्तिमा ७ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गराउनु पर्छ ।

तर नेपाल बीमा प्राधिकरणका कर्मचारीको दुर्घटना बीमा जम्मा तीन लाख रुपैयाँ बराबरको मात्रै रहेको पाइएको छ । जुन अहिलेको श्रम ऐन र व्यवसायिक हिसावले एकदमै कम हो । बीमा प्राधिकरणले आफ्ना कर्मचारीको तीन लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गरिदिए पनि अधिकाम्स बीमा कम्पनीहरुले यस व्यवस्थाको कार्यान्वयन नै गरेको पाइदैन । केहि कम्पनीले आफ्ना कर्मचारीको दुर्घटना बीमा गरिदिए पनि अधिकाम्स कम्पनीले यस्को कार्यान्वयन नै गरेका छैनन् ।

Prabhu
Crest

श्रम ऐनको दफा ५४ अनुसार रोजगारदाताले प्रत्येक श्रमिकको कम्तिमा वार्षिक एक लाख रुपैयाँ बराबरको औषधी उपचार बीमा गराउनु पर्छ । जवकी कुनै पनि रोजगारदाता संस्थाले यसको कार्यान्वयन नै गर्दैनन् । अन्य कम्पनीहरुको हकमा गरेनन् भन्दा ठुलो बहसको विषय बन्छ तर बीमा कम्पनीहरुले नै आफ्ना कर्मचारीको औषधी उपचार बीमा गराउदैनन् । निर्जीवन बीमा कम्पनीहरुले आफ्ना कर्मचारीको औषधी उपचार बीमा गरिदिने प्रचलन रहेता पनि जीवन बीमा कम्पनीहरुले यस्तो अभ्यास गरेको पाइदैन । उच्च व्यवस्थापन तहका कर्मचारीका लागि कम्पनीले बेहोर्ने भएकाले अधिकाम्स उच्च व्यवस्थापन तहका कर्मचारीको स्वास्थ्य बीमा हुने गरेको छ ।

श्रम ऐन अनुसार औषधि उपचार बीमा गराउदा लाग्ने बीमा शुल्क मध्ये ५० प्रतिशत श्रमिक र ५० प्रतिशत रोजगारदाता संस्था वा कम्पनीले बहन गर्नु पर्छ । दुर्घटना बीमाको प्रिमियम भने रोजगारदाताले बेहोर्नु पर्छ । दुर्घटनाबाट कुनै श्रमिकको मृत्यु भएमा वा शारीरिक वा मानसिक रुपले पूर्ण असक्षम भएमा निजको परिवारले बीमाङ्क बराबरको क्षतिपुर्ती बापत पाउनु पर्ने ऐनमा उल्लेख छ । दुर्घटना भई अङ्गभङ्ग वा असक्षम भएकोमा तोकिए बमोजिम असक्षमताको प्रतिशतको बधारमा क्षतिपुर्ती पाउने व्यवस्था छ ।

बीमा कम्पनीका कर्मचारी युनियनहरुले श्रम ऐन अनुसारको व्यवस्था लागु हुनु पर्यो भन्दै वेला वेलामा माग उठाउने गरेका छन् । बीमा गर्दा रोजगारदाता संस्थाले भविष्यमा भइपरिआउने दुर्घटनाको क्षतिपुर्ती बहन गर्नु पर्दैन । सुरुवाति अवस्थामा प्रिमियम भुक्तानी गरेको जस्तो देखिए पनि केहि पर्दा बीमा कम्पनीहरुबाट संरक्षित हुने अवस्था आउछ ।

तर बीमा गर्न जति सजिलो छ दाबी पाउन धेरै मुस्किल छ । दाबी पाउनका लागि बीमा कम्पनीहरुमा लामो समय भौतारिनु पर्छ । साना साना कागजको बहानामा दाबी पाउन मुस्किल पर्ने भएकाले पनि बीमा प्रायले स्वास्थ्य बीमा गराउदैनन् ।

तर कतिपय बीमा कम्पनीहरुले क्यासलेस बीमाको अभ्यास सुरु गरिसकेका छन् । यसले गर्दा बीमितहरुले त्यस्ता सेवा दिने कम्पनीमा बीमा गराउने बानी बसाल्नु पर्छ । यस्तो भयो भने अन्य कम्पनीहरुले पनि स्वास्थ्य बीमालाई क्यासलेस गर्न बाध्य हुन्छन् । बीमा प्रति आकर्षित गर्ने भनेको बीमाको राम्रो सेवा सुविधाले नै हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS