काठमाडौं । अजोड इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको तथ्यांक अनुसार कम्पनीले १० करोड ४७ लाख खुद नाफा गरेको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म सो नाफा ९ करोड ४१ लाख थियो । नाफा यो अवधिमा ११ प्रतिशतले बढेको छ ।
कम्पनीले ९ महिनामा १ अर्ब ४४ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जन गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब २२ करोड थियो । त्यस्तै कम्पनीले ५२ करोड ०२ लाख खुद बीमा शुल्क आर्जन गरेको छ ।
८७ करोड १२ लाख कुल दाबी भुक्तानी गरेको कम्पनीको ६८ करोड ७५ लाख बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।
१ अर्ब चुक्ता पूँजी भएको कम्पनीको जगेडामा २० करोड ३८ लाख रहेको छ । बीमा कोषमा २२ करोड ३९ लाख हुँदा महाविपत्ति कोषमा २ करोड २ लाख संचित छ ।
प्रकाशित रिपोर्ट अनुसार कम्पनीको वार्षिक प्रति शेयर आम्दानी १३ रुपैयाँ ६९ पैसा र प्रति शेयर नेट्वर्थ १४४ रुपैयाँ ८१ पैसा छ ।