काठमाडौं । यूनियन, प्राइम र गुराँस लाइफको बीमा सेवा तीन दिन बन्द हुने भएको छ । यी तीन कम्पनी एक आपसमा मर्ज एकिकृत कारोबार सुरु गर्नको लागि डाटा माइग्रेसनाको काम गर्नु पर्ने भएकोले बीमा सेवा तीन दिन बन्द रहेको भएको हो ।
यी तीन कम्पनीको बीमा सेवा वैशाख २३, २४ र २५ गते बन्द हुने जनाएको छ । यसबाट बीमति, शेयरधनी, अभिकर्ता, नियमनकारी निकाय लगायत सम्बन्धीत सरोकारवालाहरु समक्ष पर्न जाने असुविधाप्रति कम्पनीले क्षमा मागेको छ ।
यूनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भइ बैशाख २६ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् । मर्जर पछि हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार गर्न लागेका हुन् । यी तीन कम्पनी बराबरी हैसियतमा गाभिन लागेका हुन् । मर्जर पश्चात बन्ने कम्पनीको कर्पोरेट कार्यालय हाल प्राइम लाइफको कार्यालय रहेको स्थानमा रहने जनाइएको छ ।