IME Life
GBIME

यूनियन, प्राइम र गुराँस लाइफले तय गरे एकिकृत कारोबारको मिति

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भइ बैशाख २६ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् । यी तीन कम्पनीले एक आपसमा गाभिन बीमा प्राधिकरणबाट बैशाख १३ गते अन्तिम स्वीकृति पाएका थिए । सोही अनुरुप यी कम्पनीले एकिकृत कारोबारका लागि मिति तय गरेका हुन् । मर्जर पछि हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार गर्न लागेका हुन् । यी तीन कम्पनी बराबरी हैसियतमा गाभिन लागेका हुन् ।

यूनियन र प्राइमको बैशाख ६ गते सम्पन्न विशेष साधारणसभाबाट र गुराँस लाइफको पनि बैशाख ६ गते नै सम्पन्न वार्षिक साधारण सभाबाट यी तिनै कम्पनीले मर्जरको विशेष प्रस्ताव पारित गरेका थिए । नेपाल धितोपत्र बोर्डले यी तिन कम्पनीलाई बैशाख १९ तथा कम्पनी रजिष्ट्रार कार्यालयले बैशाख २० गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

Crest

मर्जर पश्चात बन्ने कम्पनीको कर्पोरेट कार्यालय हाल प्राइम लाइफको कार्यालय रहेको स्थानमा रहने जनाइएको छ । एकिकृत कारोबार सुरु गर्नको लागि डाटा माइग्रेसनाको काम गर्नु पर्ने भएकोले वैशाख २३, २४ र २५ गते ३ वटै कम्पनीले प्रदान गर्ने सम्पूर्ण बीमा सेवाहरु बन्द हुने समेत सोही सुचना मार्फत जनाएका छन् ।

प्राइम लाइफ र गुराँस लाइफ २०६४ सालदेखि संचालनमा आएका हुन् भने यूनियन लाइफ इन्स्याेरेन्सले २०७४ सालदेखि जीवन बीमा व्यवसाय प्रारम्भ गरेकाे थियाे । गुराँस लाइफ इन्स्योरेको हाल चुक्ता पूँजी २ अर्ब ५३ करोड ६५ लाख ६३ हजार रुपैयाँ रहेको छ । यूनियन लाइफको २ अर्ब ३४ करोड २८ लाख र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको ३ अर्ब १४ करोड रुपैयाँ रहेको छ । अब मर्जरपछि बन्ने हिमालयन लाइफको चुक्ता पूँजी ८ अर्ब २ करोड रुपैयाँ हुनेछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

73%

खुसी

0%

दु :खी

9%

अचम्मित

9%

उत्साहित

9%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS