SKIP THIS

MLBL
IME Life
Beema Board

नेशनल लाइफले डाक्यो ३५औं वार्षिक साधारण सभा, लाभांश सहित यस्ता छन् ७ एजेण्डा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ३५औं वार्षिक साधारण सभा जेठ २२ गते आयोजना गर्ने जनाएको छ । उक्त सभा कम्पनीको लाजिम्पाट स्थित कन्द्रीय कार्यालयमा आयोजना गर्ने जनाएको हो । कम्पनीको बैशाख द्द१ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई ८ प्रतिशत बोनश शेयर र ६ दशमलव ५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनकिो उक्त साधारण सभाले लाभांशको प्रस्ताव समेत अनुमोदन गर्नेछ ।

Prabhu
Crest

सभाले सचालक समितिको तर्फवाट अध्यक्षबाट पेश हुने आर्थिक वर्ष २०७८ /७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को वासलात, आय व्यय हिसाब, नाफा नोक्सान हिसाब एवम् लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।

सभाले लेखापरीक्षण समितिको सिफारिस वमोजिम आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति एवम् पारिश्रमिक निर्धारण गर्ने, वोनश शेयर वितरण गर्दा कायम हुन आउने दशमलब पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी कम्पनकिो साधारण सभाले कम्पनी ऐन २०६३ को दफा १०५ (१)ग वमोजिम आर्थिक वर्ष २०७८/७९ मा भएको खर्च अनुमोदन गर्ने लगायतका विविध प्रस्ताव पारित गर्ने जनाएको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि जेठ ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण जेठ १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

88%

खुसी

0%

दु :खी

13%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS