काठमाडौं । हिजो घटेको शेयर अजार आज साताको अन्तिम दिन बढेको छ । आज नेप्से परिसूचक १२ दशमलव ७३ अंकले बढेर १,८६९ दशमलव ७३ को विन्दुमा कायम भएको छ । आज १६२ कम्पनकिो शेयर मुल्य बढेको छ भने ५० कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै एनआइबिएल ग्रोथ फण्डका इकाईधनीले कमाएका छन् । आज यस फण्डका इकाईधनीले ९ दशमलव ८६ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी आज लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् । सयपत्रि हाइड्रोका लगानीकर्ताले ८ दशमलव ३७ प्रतिशतका दरले कमाएका छन् । आत्मानिर्भर लघुवित्तका लगानीकर्ताले ८ दशमलव २० प्रशिततका दरले कमाएका छन् ।