Connect IPS
IME Life

ब्रोकर लाइसेन्सको अनुमति सँगै दोस्रो बजारमा सुधार, १२ अंकले बढ्दा ७३ करोडको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्सका लागि प्रारम्भिक अनुमतिपत्र दिए सँगै दोस्रो बजारमा सुधारको संकेत देखिएको छ । बोर्डले सोमबार १६ वटा र आज १३ वटालाई लाइसेन्स दिए सँगै बजारमा २९ वटा नयाँ ब्रोकर आउने भएका छन् ।

नयाँ ब्रोकर आए सँगै बजारको दायरा थप फराकिलो हुने विश्लेषण गरिएको छ । प्रारम्भिक चरणमा पुरान ब्रोकरले बजार घटाउन खोजे पनि नयाँ ब्रोकरले व्यवसाय शुभारम्भ गर्न थाले पछि बजारले पनि गति लिने विश्लेषण गरिएको छ ।

Prabhu
Crest

आज साताको अन्तिम कारोबारका दिन १२.७३ अंकले सुधार भएको छ । सूचकमा सुधार भए सँगै १८६९.७३ अंकमा रोकिएको छ । कारोबार रकम ७३ करोड २६ लाख रुपैयाँमा सिमित भएको छ । ५० वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १६२ वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ ।

आज सम्पुर्ण सूचक तथा उपसूचकमा सुधार देखिएको छ । अझै पनि बजारमा लगानीकर्ताको विश्वास फर्किन सकेको छैन । समग्र आर्थिक अवस्थालाई लिएर लगानीकर्ताहरु चिन्तित छन् । विकास खर्च हुन सकेको छैन । व्यापार घाटा चुलिदैछ । व्यवसायीहरु ऋणको व्याज र किस्ता तिर्न सकिरहेका छैनन् । व्यवसायीहरुले आत्महत्या गरेका घटना एक पछि अर्को गर्दै बाहिर आइरहेका छन् । बजारमा तरल पैसा नआएसम्म बजारले गति लिन सक्ने देखिदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS