काठमाडौं । हिजो घटेको शेयर अजार आज साताको अन्तिम दिन बढेको छ । आज नेप्से परिसूचक १२ दशमलव ७३ अंकले बढेर १,८६९ दशमलव ७३ को विन्दुमा कायम भएको छ । आज १६२ कम्पनकिो शेयर मुल्य बढेको छ भने ५० कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २७६ कम्पनकिो २५ लाख ३३ हजार ७१४ कित्ता शेयर किनबेच हुँदा ७३ करोड २६ लाख ८९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल बैंकको संस्थापक शेयर कारोबार भएको छ । आज नेपाल बैंकको ४ करोड ५० लाख रुपैयाँ संस्थापक शेयरको किनबेच भएको छ । शिवम् सिमेन्टको २ करोड २१ लाख रुपैयााको कारोबार भएको छ । नविल बैंकको १ करोड ९६ लाख रुपैयाँ शेयर कारोबार भएको छ ।