IME Life
Beema Board

सिटिजन लाइफको लेखापरीक्षण पछि मुनाफा दोब्बरले बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफा लेखापरीक्षण पश्चात दोब्बरले बढेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को चौथौ त्रैमाशिक अवधिको अपरिष्कृत वित्तीय विवरण अनुसार १८ करोड ८२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

लेखापरीक्षण पश्चात यहि अवधिमा कम्पनीको मुनाफा ३७ करोड ६० लाख रुपैयाँ कायम भएको छ । यस भन्दा अघिल्लो आर्थिक वर्षमा कम्पनीले ३० करोड ५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । मुनाफा बढे सँगै प्रतिशेयर आम्दानी १७ रुपैयाँबाट २१ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

कम्पनीले गएको वर्षमा ५ अर्ब ३१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । यहि अवधिमा एक अर्ब २८ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो । यस मध्ये ११ करोड ७१ लाख रुपैयाँ पुनर्बीमा कम्पनीबाट प्राप्त गरेको छ । पुनर्बीमा कम्पनीलाई व्यवसाय दिए बापत २ करोड ९० लाख रुपैयाँ कमिशन प्राप्त गरेको छ ।

कम्पनीले पुनर्बीमा कम्पनीलाई जोखिम हस्तान्तरण गरे बापत २८ करोड ६७ लाख रुपैयाँ प्रिमियम भुक्तानी गरेको छ । जीवन बीमा व्यवसाय भित्र्याउने अभिकर्ताहरुलाई ७७ करोड ३९ लाख रुपैयाँ कमिशन दिएको छ । कर्मचारी खर्च मात्रै २२ करोड ७८ लाख रुपैयाँ रहेको छ । अन्य खर्च ५४ करोड ७३ लाख रुपैयाँ रहेको छ । लगानी आम्दानी ७३ करोड ३८ लाख रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS