Connect IPS
IME Life

शेयर बजारमा ४.२७ अंकको गिरावट, यस्तो छ बजार बढ्न नसक्नुको कारण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारमा ४.२७ अंकको गिरावट देखिएको छ । विगत लामो समयदेखि बजारमा लगातार घटिरहेको छ । बजारमा क्रय शक्ति कमजोर हुँदा लगानीकर्ताको लगानी गर्ने क्षमता पनि ह्रास हुँदै गइरहेको छ ।

व्यापारीले व्याज तिर्न नसकेर थप कर्जा लिन नसक्ने अवस्थामा पुगेका छन् । कर्जारको व्याज धान्न नसक्दा व्यवासायीले व्यापार विस्तार समेत गर्न सकिरहेका छैनन् । सरकारले ठेक्कापट्टा लगायतका विकास निर्माणको बजेट निकासा गर्न नसक्दा बजारमा तरलता आउन सकेको छैन । कर्मचारीहरुले समयमा तलब भत्ता नपाउदा बजारमा क्रय शक्ति कमजोर हुँदै गइरहेको छ । एकातिर कर्मचारीलाई तलब भत्ता खुवाउन नसक्ने अर्को तर्फ ठेक्का पट्टा तथा विकास निर्माणका लागि बजेट निकासा गर्न नसक्दा बजारमा पैसा आउन सकेको छैन ।

Prabhu
Crest

निर्माण तथा ठेक्का पट्टा बन्द हुँदा समग्र अर्थतन्त्रको चक्र नै बन्द हुँन्छ । मजदुरले तलब नपाउनेदेखि लिएर रड, सिमेन्ट तथा ढुवानीकर्ताको व्यवसाय चौपट हुन्छ । ठुला लगानीकर्ताले धेरै ठाउँमा लगानी गरेका हुन्छन् । यसरी धेरै ठाउँमा लगानी गर्नेले आफ्नो तरलता व्यवस्थापन गर्न शेयर बजारलाई नै माध्यम बनाइरहेका छन् । ठुला लगानीकर्ताले तरलता व्यवस्थापन गर्न शेयर बिक्री गर्दा सप्लाइ बढिरहेको छ ।

जवसम्म सरकारले विश्वसनिय युक्त आर्थिक नीति सुधारको राम्रो खाका प्रस्तुत गर्न सक्दैन तवसम्म बजारले गति लिन नसक्ने बजार विश्लेषकहरु बताउछन् । रेमिट्यान्सको आगमनमा बृद्धि भए पनि त्यसले आन्तरिक आपुर्ती धानिरहेको छ । जवसम्म सरकारले निर्यातमुखी नीति लागु गर्न सक्दैन तवसम्म अर्थतन्त्र चलायमान बन्न सक्दैन । अहिलेको आर्थिक संकट सुधार नभएसम्म बजारमा सुधार हुने लक्षण नदेखिएको बजार विश्लेषकहरु बताउछन् ।

नेपाल धितोपत्र बोर्डले हिजो मात्रै १६ वटा ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको छ । बजारमा नयाँ ब्रोकर आउने भए सँगै विद्यमान ब्रोकरले पनि बजार घटाएर विरोधको संकेत देखाउन खोजेका छन् । यसै क्रममा मंगलबार नेप्से सूचक ४.२७ अंकले घट्दा १८६६.४० अंकमा झरेको छ । कारोबार रकम ६९ करोड २२ लाख रुपैयाँमा सिमित भएको छ । आज १४४ वटा कम्पनीको शेयर मूल्यमा गिरावट हुँदा ६८ वटा कम्पनीको शेयर मूल्य बढेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS