Connect IPS
IME Life

दुई कम्पनीको नगद लाभांश शेयरधनीको बैक खातामा जम्मा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआइसी एशिया लघुवित्त र तारागाउँ रिजेन्सी होटल लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश सम्बन्धीत शेयरधनीहरुको खातामा जम्मा गरेका छन् । यी दुबै कम्पनीले आ–आफ्नो साधारण सभाबाट पारित गराएको नगद लाभांश सम्बन्धीत शेयरधनीहरुको बैंक खातामा पठाउन शुरु गरेको जनाएका हुन् ।

एनआइसी एशिया लघुवित्तको वैशाख १० गते सम्पन्न पाँचौ वार्षिक साधारण सभाबाट पारित भएको १४ दशमलव ७५ प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको जनाएको छ ।

Prabhu
Crest

त्यस्तै, तारागाउँ रिजेन्सी होटल लिमिटेडले गत फागुन ३ गते सम्पन्न २६औ वार्षिक साधारण सभाबाट पारित भएको ८ दशमलव ४२ प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको जनाएको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयर दाखिला खारेज बन्द हुने मितिसम्म कायम रहेका शेयरधनीहरूको हितग्राही खातामा बैंक खाताको विवरण अध्यावधिक भएको हकमा नगद लाभांश बापतको रकम सम्बन्धित बैंक खातामा नै जम्मा गरेको कम्पनीले जनाएका छन् ।

हालसम्म पनि भौतिक रूपमा नै शेयर प्रमाणपत्र राखेका वा हितग्राही खाता खोलेर पनि कम्पनीको शेयर अभौतिकीकरण नगराएका शेयरधनीले यथाशीघ्र शेयर अभौतिकीकरण गरी हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएपछि मात्रै नगद लाभांश बैंक खातामा प्राप्त हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%

खुसी

0%

दु :खी

29%

अचम्मित

29%

उत्साहित

14%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS