IME Life

आजदेखि आरविवि म्युचुअल फण्ड २ को इकाई विक्री खुला

SPIL
NIC ASIA

काठमाडौं । आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चलन हुने आरविवि म्युचुअल फण्ड २ को इकाई आज बैशाख १७ गतेदेखि निष्काशन तथा विक्री खुला हुने भएको छ । कोष प्रबर्द्धक राष्ट्रिय वाणिज्य बैंक रहेको छ भने योजना व्यवस्थापका आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

प्रतिइकाई अंकित मूल्य १० रूपैयाँ दरको १२ करोड इकाईमध्ये न्यूनतम १ करोड ८० लाख वा विक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबर्द्धक राष्ट्रिय वाणिज्य बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम १० करोड २० लाख इकाई सार्वजनिक रुपमा विक्री गर्न लागिएको हो ।

Prabhu
Crest

यस इकाई निष्काशन बन्द छिटोमा बैशाख २१ गतेसम्म रहेको छ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि वैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १०० देखि अधिकतम १ करोड २० लाख इकाईसम्म माग गर्न सकिनेछ ।

योजनाको इकाई बाँडफाँड भएको मितिले १० वर्ष अवधि पश्चा्त योजनाको सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरूलाई समानुपातिक हिसाबले वितरण गरिनेछ । इकाई विक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

यस इकाई खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS