Prabhu Life Ad Final

संस्थागत सुशासन उलंघन गरेपछि दुई श्रीलंकाली बीमककाे इजाजत पत्र निलम्बन

IME PAY
IME Life

काठमाण्डाै‌ । श्रील‌ंकामा कमजाेर स‌ंस्थागत सुशासन रहेकाे पुष्टी भएपछि दुईवटा बीमा कम्पनीकाे इजाजत पत्र नियामकले निलम्बन गरेकाे छ। श्रील‌ंका बीमा नियामक आयाेगले सार्वजनिक सूचना प्रकाशन गर्दै काेअपरेटिभ इन्स्याेरेन्स कम्पनी पिएलसी र काेपलाईफ इन्स्याेरेन्स लिमिटेडकाे इजाजत पत्र निलम्बन गरेकाे जानकारी गराएकाे हाे ।

याे निलम्बन कम्तीमा २ मई २०२३ सम्मका लागी लागी हुनेछ । कम्पनीकाे प्रबन्ध पत्र नियमावली अनुसार संचालक समितिमा उचित प्रतिनिधित्व नभएकाे र लेखापरिक्षण समितिकाे गठनमा पनि नियामकीय प्रावधानकाे उल‌ंघन गरेकाे भन्दै निलम्बनकाे कारवाही गरेकाे हाे । यसैगरी कोलंबो स्टॉक एक्सचेंजमा सिआइसिपिएलसीकाे शेयर काराेबारमा १८ अप्रिल २०२३ देखि राेक लगाइएकाे छ। बीमा कम्पनीकाे लेखा परिक्षण समितिमा लेखा परिक्षण समितिकाे अध्यक्ष वा कम्तीमा एकजना सदस्य पेशेवर लेखा निकायकाे सदस्य हुनुपर्ने प्रावधान भएपनि कम्पनीले लेखापरिक्षण समितिमा प्रतिनिधित्व नगराएकाे भन्दै कारवाही गरेकाे हाे ।

इजाजत पत्र निलम्बन अवधिसम्म यी दुबै बीमा कम्पनीले नयाँ बीमालेख जारी गर्न पाउने छैनन् । तर विद्यमान बीमितलाई बीमालेख नविकरण, बीमालेख कर्जा, बीमा दाबी भुक्तानी लगायतकाे सेवालाई निरन्तरता दिन इजाजत पत्र निलम्बनकाे कारवाहीले प्रभाव पार्ने छैन।

श्रील‌ंकामा जीवन, निर्जीवन र दुबैखाले बीमा सेवा प्रदान गर्ने २ कम्पनीसहित २८ वटा इजाज प्राप्त बीमा कम्पनी रहेकाेमा इजाजत पत्र निलम्बनसँगै याे संख्या २६ मा झरेकाे छ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS