IME Life

बीमा कम्पनीका मेरुदण्ड: अभिकर्तामा हुनुपर्ने यस्ता छन् १३ सकारात्मक गुणहरु

SPIL
NIC ASIA

काठमाडौं । बीमा अभिकर्ता भनेको बीमा कम्पनीहरुका मेरुदण्ड हुन् । जीवन बीमा व्यवसायमा बीमा अभिकर्ता नै अग्र पंक्तिमा उपस्थित हुने गर्दछन् । आज सर्वसाधारणलाई बीमाको आवश्यक्ता र महत्वको बारेमा जानकारी गराउने व्यक्ति अभिकर्ता नै हुन् । बीमा कम्पनीहरुमा भएका विभिन्न गतिविधी, कम्पनीको सकारात्मक जानकारी लगायत यावत कुराको जानकारी आम जनमानसमा पुर्याउने पात्र नै अभिकर्ताहरु हुन् । बीमा अभिकर्ताहरुले पनि प्रचलित कानून एने बमोजिम आय आर्जन गर्दछन् । बीमा गर्न चाहाने व्यक्तिको आय स्रोत, उद्देश्य, आचारण, बचत गर्ने क्षमता, आर्थिक भार आदिको मुल्याङ्कन गरी बीमा अभिकर्ताहरुले ग्राहक समक्ष बीमा योजनाको बारेमा प्रष्ट पार्दछन् । सोही अनुरुप कम्पनीको बीमा पोलिसी विक्री हुन्छ ।

यसरी गरिएको बीमाले बीमा अभिकर्ताहरुलाई सिमित मात्रमा कमिशन, बीमा कम्पनीलाई व्यवसाय र बीमा गर्ने व्यक्ति वा समुहलाई आर्थिक सुरक्षा प्रदान हुने गर्दछ । जसले त्रिपक्षीय रुपमा सबैलाई फाइदा हुने गर्दछ । सर्वप्रथम ग्राहकको इच्छा र क्षमता अनुसार बीमा लेख विक्री गर्नु बीमा अभिकर्ताको ठुलो जिम्मेवारी हो । जसमा प्रचलित बीमालेखको शुल्क, सुरक्षा र मुनाफाको बारेमा स्पष्ट जानकारी बीमितलाई गराइएको हुन्छ । यसरी आफ्नो पशेलाई सम्मानित, गरिमामय, समाजसेवक, राष्ट्रसेवक बनाइराख्न बीमा अभिकर्तामा विभिन्न गुणहरु हुनु आवश्यक छ ।

Prabhu
Crest

बीमा वस्तु तथा बीमा सम्बन्धी पुर्ण ज्ञान
बीमा अभिकर्ता जुन बीमा कम्पनी मार्फत बजारमा गएका हुन्छन् । त्यो व्यक्तिमा बीमा कम्पनीको सम्पुर्ण बीमा लेख, आर्थिक सुरक्षा, बोनशदर, वित्तीय अवस्था आदि सबैको बारेमा जानकारी हुनु जरुरी छ , जसको कारणले गर्दा ग्राहकमा आत्माविश्वास र भरोसा आउँछ ।

व्यक्तित्व आकर्षण
अभिकर्ता वा जुनसुकै पेशामा आवद्ध भएको मानिस होस् उसको व्यक्तित्व भनेको व्यवस्थापनको कडी हो । जसले गर्दा ग्राहकहरुलाई विश्वास दिलाउन सहयोग गर्दछ ।

पेसाप्रति इमान्दारिता
बीमा अभिकर्ताले आफ्नो पेसालाई गौरव ठानेर इमान्दारि पुर्वक काम गर्नुपर्दछ । आफ्नो पेसामा अडिक, ग्राहकहरुको सेवामा निरन्तरता र बीमा कम्पनीको हितका लागि सधै समर्पित भएर काम गर्नुपर्दछ ।

जनसम्पर्क कायम
बीमा अभिकर्ताले नियोजित रुपमा जनसम्पर्क राख्न जरुरी हुन्छ । चाहे त्यो व्यक्तिले बीमा गरोस् वा नगरोस्, आफ्ना योजनाहरु प्रस्तुत गरी रहनुपर्दछ । जसमा रोटरी क्लब, लायोन्स क्लब, चेम्बर अफ कमर्स, स्काउट, रेड क्रस र क्यान्सर सोसाइटी आदि संस्थाहरु सहयोगी हुन्छन् ।

सम्भावना सधै अगाडी
बीमा अभिकर्ताले आफ्नो सम्पर्कमा साथी, इष्टमित्र, दाजुभाइ, छिमेकी, सहकर्मीहरुको आर्थिक, सामाजिक, नैतिक रुपमा अनुसन्धान गरी कुन बीमा पोलिसी विक्री गर्न सकिन्छ सोको सम्भावनाको बारेमा क्रियाशिल रहनुपर्दछ ।

योजना तर्जुमा निश्चित
सफल बीमा अभिकर्ता हुनलाई सर्वप्रथम आफ्नो योजना र ग्राहकको चाहाना अनुरुप प्रस्तुत हुनुपर्दछ ।

अभिलेख तथा रेकर्ड
बीमा अभिकर्ताले आफ्नो ग्राहकको बीमा योजना, बीमा शुल्क, बीमा नविकरण, बीमा समाप्ती, अग्रिम भुक्तानी आदिको बारेमा लिखित रेकर्ड राख्नुपर्दछ ।

नयाँ बीमालेखको बारेमा जानकारी
बीमा कम्पनीहरुले बजारको माग तथा बीमा कम्पनीहरुको प्रतिस्पर्धालाई ध्यानमा राखी केही समयको अन्तरालमा नयाँ बीमा योजनाहरु प्रस्ताव गर्दछन् । सो बीमा पोलिसीको बारेमा पुर्ण जानकारी लिएर आफ्नो पुर्व ग्राहकसमक्ष फेरी बजार विस्तार गर्न सकिन्छ ।

दिगो विकास र जोशिलोपन
बीमा अभिकर्ताहरुमा दिगो भावना हुनुपर्दछ । जसमा दिवास्वप्न पर्दछ । दृढ अठोटका साथमा काम गरेमा एक दिन सफल भइन्छ । त्यसकारण एक दिन सफल भएन भनेर आश मारेर बस्नु हुँदैन् ।

ठुलो बीमालेख बेच्ने प्रयास गर्नु
ग्राहकहरुको क्षमता अनुरुप बीमा अभिकर्ताले ठुलो पोलिसी बेच्ने प्रयास गर्नुपर्दछ । आफ्नो आम्दानी, बीमा कम्पनीको व्यवसाय, बीमितको सुरक्षाको हिसाबले पनि आग्रहको चाहाना बमोजिम ठुलो पोलिसी वा रकमको बीमा प्रस्ताव प्रस्तुत गर्नुपर्दछ । जसले समयको बचत, आम्दानी बी र आफ्नो सफलतामा प्रोत्साहन मिल्ने गर्दछ ।

सम्भावित ग्राहकको सूचि तयार गरी नियमित सम्पर्क
बीमा अभिकर्ताले ग्राहक समक्ष बीमा पोलिसी बेच्न जाँदा उसमा बीमा गर्ने केही सम्भावना भेटियो भने उसलाई नियमित सम्पर्क गर्नु पर्दछ । आफुले आफ्नो ग्राहकलाई विश्वास दिलाई उनीहरुबाट नै अन्य ग्राहक खोज्न सक्नुपर्दछ ।

निरन्तर प्रयास
निरन्तर प्रयास गर्नु पनि अभिकर्तामा हुनुपर्ने गुण हो । कुनै पनि व्यक्तिले पहिलो भेटमा नै कुराकानी गर्न साथ बीमा गराउन मञ्जुर हुँदैनन् । उनीहरुले विभिन्न समस्या देखाउँछन् । तर धेरै बीमा अभिकर्ताको १ दुई पटकको अनुरोध पछि उक्त व्यक्तिलाई सम्पर्क गर्दैन् । बीमा अभिकर्ताको यही नै ठुलो समस्या हो । त्यसकारण सम्भाव्य व्यक्तिलाई धेरै पटकको भेटपछि बीमा गराउँन भने सकन्छ । त्यसकारण बीमा गराउनको लागि निरन्तर प्रयास पनि एउटा मुख्य आधार हो ।

अन्य महत्वपुर्ण जानकारी
बीमा अभिकर्ताले बीमा कम्पनीको सम्पुर्ण कार्यक्षेत्रको जानकारी लिनुपर्छ । जसमा जोखिम बहन, अन्डरराइटिङलाई सहयोग, नयाँ बीमा लेखको जानकारी, बीमायोग्य जीवन बीमाको जानकारी, बीमितको विश्वास र सेवाको बारेमा जानकारी हुनुर्छ । सफल बीमा अभिकर्ताले ग्राहकसँग व्यवसायको बारेमा कुरा गर्दा बीमा कम्पनीमा भएको सुविधाको बारेमा बुझाउँदा धेरै कठिनाई झेल्नु परेको हुन्छ । जसमा बीमा सम्बन्धी कतिपय शब्दहरु प्रष्ट नहुनु र यसको अर्थ ग्राहकले बुझन नसक्नु बढी तर्क विर्तक गर्दा ग्राहकले विश्वास नगर्नु, ग्राहक आर्फ बढी जान्ने फेला पर्नु, ग्राहकको सोच नकारात्मक हुनु, बढी प्रश्न गर्दा रिसाउने गर्नु, आफ्नो व्यवसायमा लगनशिलता नहुनु, अभिकर्ता आर्फमा इगोको भावना पैदा हुनु, ग्राहकबाट पनि नयाँ कुरा सिक्न नखोज्नु, ग्राहको हितमा चासो नराखी आफ्नो व्यक्तिगत स्वार्थमा लिप्त हुनु, ग्राहकको कुरा नसुनेर आफु मात्रै बोल्नु, ग्राहकको ध्यान आफुतिर आकर्षित गर्न नसक्नु, ग्राहको मनोविज्ञान अनुसार आफु प्रस्तुत नहुनु, विषयगत कुरामा प्रष्ट पार्न नसक्नु, आफ्नो गल्तिलाई स्वीकार नगर्नु, शब्दहरु जटिल प्रयोग गर्नु, आदी कारणले गर्दा पनि बीमा गराउन गाह्रो हुन्छ । यी विषयबस्तुमा बीमा अभिकर्ताले ग्राहकलाई सम्मान वा आफ्नो गल्तिको प्रायश्चित गरी बीमाको उचित ज्ञान हासिल गरेर यस व्यवसाय अभिकर्ताले सफल बनाउन सक्छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

64%

खुसी

5%

दु :खी

0%

अचम्मित

32%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS