Connect IPS
IME Life

कति बुझ्छन् नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले वार्षिक तलब सुविधा ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक वर्षमा ४९ लाख ५ हजार २५५ रुपैयाँ बराबरको तलब, भत्ता तथा सुविधा बुझेका छन् । गभर्नर अधिकारीले गत आर्थिक वर्ष २०७८/७९ मा तलब बापत १४ लाख १८ हजार ४०० रुपैयाँ प्राप्त गरेका छन् ।

त्यस्तै सञ्चालक समितिको बैठक भत्ता बापत तीन लाख ५ हजार रुपैयाँ र अन्य अलाउन्सेस तथा सुविधा बापत ३१ लाख ८१ हजार ८५५ रुपैयाँ प्राप्त गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुलाई नियमन गर्ने निकाय नेपाल राष्ट्र बैंकका गभर्नरको तलब सुविधा सरकारी सेवा सुविधा पाउनेहरु मध्ये आकर्षक मानिन्छ ।

Prabhu
Crest

तर नेपाल राष्ट्र बैंकले नियमन गर्ने बैंक वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुले भने करोडौं रुपैयाँ तलब सुविधा बुझ्ने गरेका छन् । बैंक वित्तीय संस्थाहरु मध्ये प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले गत आर्थिक वर्षमा चार करोड तीन लाख रुपैयाँ बुझेका थिए ।

त्यस्तै डेपुटी गभर्नर निलम ढुङ्गाना तिमल्सिनाले भने गत आर्थिक वर्षमा तलब बापत १२ लाख ६९ हजार, बैठक भत्ता दुई लाख ७३ हजार र अन्य सेवा सुविधा बापत २७ लाख १७ हजार सहित कुल ४२ लाख ४९ हजार रुपैयाँ बुझेकी छिन् । त्यस्तै अर्का डेपुटी गभर्नर बम बहादुर मिश्रले १२ लाख ६९ हजार तलब, २ लाख ९६ हजार भत्ता र अन्य सुविधा सुविधा बापत २६ लाख ३६ हजार सहित कुल ४२ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

15%

खुसी

18%

दु :खी

28%

अचम्मित

7%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS