SKIP THIS

MLBL
IME Life
Beema Board

दुई लघुवित्तको साधारण सभा आज हुँदै, कहिलेसम्म शेयर किन्नेले पाउँछन् लाभांश ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज एनएमबि लघुवित्त वित्तीय संस्था र नेशनल माइक्रोफाइनान्सको साधारण सभा हुँदैछ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आज ९औं वार्षिक साधारण सभा गर्दैछ । सभा धादिङको धादिङ क्रिक रिसोर्टमा आयोजना गर्न लागेको हो । कम्पनीको चैत १२ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । त्यस्तै, एनएमबि लघुवित्तले १०औं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको चैत ५ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा पोखरामा आयोजना गर्ने कम्पनीले जनाएको छ ।

नेशनल माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १५ प्रतिशत बोनश शेयर बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ। कम्पनीले २०७८ असार ३० गते साविकको महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको कारण सो मिति भन्दा अगाडि कायम शेयरधनीलाई प्राप्ति मिति देखि दुई आ।व। सम्म लाभांशमा कर छुट हुने व्यवस्थाको कारण हाल लाभांशकर प्रयोजनार्थ छुट्टै रकम नछुट्याईएको जनाएको छ । उक्त मिति भन्दा पछि शेयर खरिद गर्ने शेयरधनीहरुले लाभांशकर आफै भुक्तानी गर्नुपर्ने कम्पनीले प्रष्ट पारेको छ ।

Prabhu
Crest

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७८ / ७९ को वार्षिक प्रतिबेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात, आर्थिक बर्ष २०७८ /७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरी पारित गर्नेछ ।

सभाले यस वित्तीय संस्थाको आर्थिक बर्ष २०७९ /८० को लेखापरीक्षण कार्य गर्नको लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

सभाले प्रबन्धपत्रको दफा ६ (ख) र दफा ६ (ग) तथा नियमावलीको नियम ३२ (१) (ख) र नियम ३२ (१) (ग) मा आवश्यक संशोधन गर्ने सम्बन्धी विशेष प्रस्तावमा छलफल गरी पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट फेरबदल गर्न निर्देशन भएमा सोमा थपघट, परिमार्जन तथा सच्याउनको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

सभाले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र समीट लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा गरिएको प्रारम्भिक समझदारीपत्र तथा संस्थाहरुको सम्पत्ति, दायित्व तथा पछिल्लो कारोवारको मूल्याङ्कन गर्नको लागि संयुक्त मर्जर समितिद्वारा नियुक्त लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिकलाई अनुमोदन गर्नेछ ।

सभाले यस संस्थाको नियमावलीको नियम २७ (३) मा भएको व्यवस्था बमोजिम संस्थापक सञ्चालकहरुको ४ वर्षको कार्यकाल समाप्त भई निर्वाचन गर्न पर्ने अवस्था रहेको तथापि यस संस्था र समीट लघुवित्त वित्तीय संस्था विच मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता भई नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमती समेत प्राप्त गरी सकेको र बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति विनियमावली बमोजिम सैद्धान्तिक सहमति प्राप्त गरेका संस्थाका सञ्चालकहरुको तोकिएको कार्यकाल समाप्त भई निर्वाचन गर्नुपर्ने अवस्था भएतापनि गाभिएर वा प्राप्ति पश्चात प्रचलित कानून बमोजिम पुनः निर्वाचन नभएसम्मको अवधिको लागि सञ्चालक पदमा बहाल रहन छुट प्रदान गरीनेछ भन्ने व्यवस्थाको अधिनमा रहि यस संस्था र समीट लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जर भई पुनः निर्वाचन नभए सम्मको लागि हाल कायम संस्थापक सञ्चालकहरु बहाल रहने विशेष व्यवस्था पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि बैशाख ४ देखि बैशाख १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण ३ गते सम्म कायम रहेका शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

त्यसैगरी एनएमबिले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७८ / ०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७८/०७९ को नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनुसूचिहरु उपर छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, सभाले कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार आर्थिक वर्ष २०७९/८० को लेखा परीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने,बोनश शेयर जारी भए पश्चात वित्तीय संस्थाको जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि हुने भएकोले जारी पूँजी र चुक्ता पूँजी बृद्धि लगायतका बिषयहरु समावेश गरि संस्थाको प्रवन्धपत्र संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने जनाएको छ ।

त्यसैगरी वित्तीय संस्थाको केन्द्रीय कार्यालय रहने ठेगाना सम्बन्धी संस्थाको प्रवन्धपत्रको दफा २ (१) र नियमावलीको नियम २ संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने, वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने। यस वित्तीय संस्थाले नेपाल राष्ट्र बैकबाट इजाजतपत्रप्राप्त “घ” वर्गका अन्य लघुवित्त वित्तीय संस्थासंग गाभ्नेरगाभिने वा प्राप्ति सम्बन्धी प्रक्रिया अगाडी बढाउन उपयुक्त देखिएमा सो प्रयोजनका लागि समिति गठन गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले मूल्यांङ्कनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने, गाभ्नेरगाभिने वा प्राप्ति सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्ने लगायतका सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई प्रदान गर्ने, वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन, फेरबदल वा परिमार्जनका लागि निर्देशन भएमा सोही बमोजिम गर्न गराउन संचालक समिति वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि चैत्र १७ गतेदेखि साधारणसभा नहुदासम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत्र १६ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS