IME Life
GBIME

सर्वाधिक रेमिट्यान्स भित्र्याउने ६ वटा बैंक वित्तीय संस्था पुरस्कृत, विद्युतीय भुक्तानी तर्फ एनसिएचएल

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । गत आर्थिक वर्षमा सर्वाधिक धेरै रेमिट्यान्स भित्र्याउने ६ वटा बैंक तथा रेमिट्यान्स संस्था पुरस्कृत भएका छन् । नेपाल राष्ट्र बैंकले ६८ औ वार्षिकोत्सवको अवसरमा नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने तीन वटा बैंक र तीन वटा रेमिट्यान्स संस्थालाई सम्मान गरिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार गएको वर्ष नेपाल भित्रिएको कुल रेमिट्यान्सको ५१.६ प्रतिशत बैंक वित्तीय संस्थाबाट र ४८.७ प्रतिशत अन्य क्षेत्रबाट भित्रिएको छ ।

Crest

बैंकिङ क्षेत्रमा सबैभन्दा धेरै रेमिट्यान्स हिमालयन बैंकबाट भित्रिएको छ । हिमालयन बैंकले बैंकिङ प्रणालीबाट भित्रिएको रेमिट्यान्स मध्ये १६.९ प्रतिशत भित्र्याएको छ । त्यस्तै दोस्रो धेरै नेपाल एसबिआई बैंकले १६.७७ प्रतिशत र ग्लोबल आइएमई बैंकले १५.६५ प्रतिशत भित्र्याएको छ ।

अन्य क्षेत्रबाट भित्रएको रेमिट्यान्स मध्ये सबैभन्दा धेरै आइएमई लिमिटेडले भित्र्याएको छ । आइएमईले अन्य क्षेत्रबाट भित्रिएको रेमिट्यान्सको ३१.१५ प्रतिशत, दोस्रो धेरै सिटी एक्सप्रेसले १४.९२ र प्रभु मनि ट्रान्सफरले १०.३१ प्रतिशत भित्र्याएको छ । विद्युतीय कारोबार भुक्तानी सेवा प्रदायक तर्फ एनसिएचएल पुरस्कृत भएको छ । दोस्रोमा क्युआर र तेस्रोमा फोनपे पुरस्कृत भएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

53%

खुसी

8%

दु :खी

22%

अचम्मित

14%

उत्साहित

3%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS