काठमाडौं । पछिल्लो समय उपहार दिने प्रचलनले पनि फरक रुप पाएको छ । उपहार दिने पुराना प्रचलनलाई त्याग्दै मानिसहरुले अहिले बीमा पोलिसी उपहार दिने प्रचलनलाई प्रभावकारी रुपमा ग्रहण गर्दै आइरहेका छन् । मानिसहरुले विभिन्न जिन्सी, गहना पैसा दिने चलनलाई टाढा राख्दै पछिल्लो समय बीमा पोलिसी उपहार दिने गरेका हुन् ।
यसैबीच गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय पोखराकी एजेन्सी लिडर एमडीआरटी कमला के.सीले बैदेशिक रोजगारीमा रहि हाल नेपाल आएका लिल बहादुर के.सीको जन्म दिवसको अवसरमा बीमा पोलिसी दिएकी हुन् । उनले गुराँस लाइफ इन्स्योरेन्सको १ करोड बीमाङ्कको जीबन बीमाको बीमालेख दिएकी हुन् ।
कमलाले दाईलाई भविष्य सुनिश्चिताको लागि उक्त पोलिसी दिएको बताएकी छिन् । अन्य सामान दिएर अर्च गर्नुभन्दा बीमा पोलिसीले बचतका साथै भोलि भविष्यमा आउने आर्थिक संकटलाई समेतलाई सामना गर्न सहज हुने र आर्थिक जोखिम हस्तान्तरण हुने भएकाले उक्त पोलिसी दिएको बताएकी छिन् ।