काठमाडौं । शेयर बजार घट्ने क्रम आज पनि रोकिएन । प्राविधिक विश्लेषकहरुले हिजोबाट बजार माथि जाने आकलन गरेका थिए । त्यहि कारणले बजारमा सुधार पनि देखियो । तर हिजोको सुधारले निरन्तरता पाउन सकेन । लगानीकर्तामा अझै पनि बजार प्रति कन्फिडेन्स बढ्न सकेको छैन ।
नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकरको विषयले पनि बजारलाई माथि उठाउन रोकिरहेको छ । नयाँ स्टक र ब्रोकर आए पछि अहिलेको बजारमा के कस्तो प्रभाव पार्छ भन्ने कुरालाई अझै विश्लेषण गर्न सकिएको छ । यहि अन्योलताका कारण आज पनि नेप्से सूचक १३.६८ अंकले घटेको छ । सूचक सँगै कारोबार रकम पनि ८४ करोड ७० लाख रुपैयाँमा सिमित भएको छ ।
१७२ वटा कम्पनीको शेयर मूल्य तल झर्दा ४० वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ । सम्पुर्ण सूचक तथा उपसूचकमा गिरावट आउदा नेप्से सूचक भने पुन १९ सय भन्द तल १८९२ अंकमा झरेको छ ।