Connect IPS
IME Life

आइएमई प्रुडेन्सियलको एकिकृत कारोबार बैशाख २७ गते तय, अध्यक्ष र सिइओ आइएमई जनरलकै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मर्जर पछि बन्ने आइएमई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको एकिकृत कारोबार यहि बैशाख २७ गतेदेखि हुने भएको छ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी विच मर्जर प्रकृयाँ टुङ्गिए सँगै यो निर्जीवन बीमा क्षेत्रकै पाँचौ सफल मर्जर हो ।

यि दुई कम्पनी विच गएको माघ २९ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर भएको थियो । सहमतिपत्रमा हस्ताक्षर भए सँगै दुबै कम्पनीले छोटो समयमा मर्जर प्रकृयाँ टुङ्गाएर एकिकृत कारोबार गर्ने भएका हुन् । यो बीमा क्षेत्रमै ‍सबैभन्दा छोटो समयमा भएको सफल मर्जर हो ।

Prabhu
Crest

दुबै कम्पनीले चैत २२ गते विशेष साधारणसभा आह्वान गरेर मर्जरको प्रस्ताव पारित गरेका थिए । बराबर हैसियतमा भए सँगै कम्पनीको चुक्ता पूँजी तीन अर्ब २ करोड रुपैयाँ नाघ्नेछ । मर्जर पश्चात कम्पनीको चुक्ता पूँजी निर्जीवन बीमा क्षेत्रकै सर्वाधिक धेरै हुनेछ ।

मर्जर पछि बन्ने कम्पनीको अध्यक्षमा आइएमई जनरलका तर्फबाट हेमराज ढकाल हुनेछन् भने प्रमुख कार्यकारी अधिकृतमा आइएमई जनरलका युगेश भक्त वादे श्रेष्ठ नै रहनेछन् । आइएमई समुहको सर्वाधिक धेरै लगानी रहेको आइएमई जनरलले प्रतिस्पर्धी बजारमा आफुलाई थप प्रतिस्पर्धी बनाउने रणनीति लिएको हो । यस समुहले आफ्नो लगानी रहेका बैंक वित्तीय संस्थालाई मर्जर गराए शक्तिशाली र प्रतिस्पर्धी बनाउदै आएको छ । मर्जर पछि आफ्नो दायरा खुम्चिने सोचका कारण प्राय मर्जर प्रकृयाँ अगाडी बढ्दैनन् । बरु आइएमईले अन्य सँग मर्जर गराउदै आफ्नो लगानीलाई थप फराकिलो बनाउदै लगिरहेको छ ।

दोस्रो बजारमा आइएमई जनरलको शेयर मूल्य ३८८ रुपैयाँ र प्रुडेन्सियलको ३९० रुपैयाँ छ । बराबरी हैसियतमा मर्जर हुने भएकाले दुबैको शेयर मूल्यमा थोरै मात्रै फरक देखिएको हो । आइएमई समुहले डुबेको एनवि इन्स्योरेन्सलाई ह्याण्डओभर गरेर आज प्रतिस्पर्धी कम्पनीको रुपमा खडा गरेको छ । यहि क्रममा मर्जर पछि थप बलियो र सर्वाधिक पूँजी भएको कम्पनी हुँदैछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS