काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि वैशाख १४ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्नेछ । यस आधारमा आज वैशाख १३ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
कम्पनीले ११औं वार्षिक साधारण सभा २०८० वैशाख ३० गते गर्ने भएको छ । चैत १८ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले साधारण सभा गर्ने निणर्य गरेको हो ।
सभाले प्रस्तावित १५ प्रतिशत बोनश शेयर वितरणलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ । साविक वोमी लघुवित्त वित्तीय संस्था र साविक सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा गई २०७८ चैत १९ गतेदेखि एकीकृत कारोबार गरेकाले लाभांश करमा छूट पाउने जनाएको छ ।