Connect IPS
IME Life

सूर्यज्योति लाइफले डाक्यो साधारणसभा, सञ्चालकको निर्वाचनदेखि यस्ता छन् प्रस्तावहरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सूर्योज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १५ औं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीको बैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले जेठ ४ गते होटल हैरिसन प्यालेस विराटगरमा साधारणभा गर्ने निर्णय गरेको हो ।

सभाले कम्पनीको संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अनुपात बमोजिम सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी सञ्चालक समितिको गठन सम्बन्धमा कम्पनीको नियमावलीको नियम ३१ मा आवस्यक संशोधन गर्ने भएको छ ।

Prabhu
Crest

मर्जर पश्चात कम्पनीले संस्थापक शेयरधनी समुहबाट तीन जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट तीन जना सञ्चालकको निर्वाचन गर्ने भएको छ । त्यस्तै सञ्चालक समितिमा रिक्त स्वतन्त्र सञ्चालकको पदमा भएको नियुक्तिको जानकारी तथा अनुमोदन गर्ने भएको छ ।

कम्पनीको प्रवन्धपत्र/नियमावलीको संशोधनमा सम्बन्धित निकायहरुबाट कुनै संशोधन फेरबदल तथा थपघट गर्न कुनै सुझाव/निर्देशन प्राप्त भएकोमा सोहि बमोजिम आवश्यक संशोधन/फेरबदल गर्न सञ्चालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारितका लागि सभामा पेश गर्ने भएको छ । कम्पनी ऐनको दफा १०५ (१)(ग) बमोजिम आर्थिक वर्ष २०७८/७९ मा साविक सूर्या लाइफ तथा साविक ज्योति लाइफबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चको अनुमोनका लागि सभामा पेश गरिने भएको छ । कम्पनीको सञ्चालक समितिका सदस्यहरु तथा अन्य समिति/उपसमितिका सदश्यहरुले प्राप्त गर्ने बैठक भत्ता तथा अन्य सुविधा परिमार्जन गर्ने भएको छ ।

सभाले कम्पनीको पन्ध्रौं वार्षिक साधारणसभामा संचालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत हुने आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । साविक सूर्या लाइफको लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तको वासलात, सोहि मितिमा समाप्त भएको आर्थिक वर्ष २०७८/७९ को नाफा/नोक्सान, नगद प्रवाह विवरण एवं तत् सम्बन्धी अनुसूचीहरु माथि छलफल गरि पारित गर्नेछ ।

त्यस्तै साविक ज्योति लाइफको लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ साल असार मसातको वासलात, सोहि मितिमा समाप्त भएको आर्थिक वर्ष २०७८/७९ को नाफा/नोक्सान, नगद प्रवाह विवरण एवं तत् सम्बन्धी अनुसूचीहरु माथि छलफल गरि पारित गर्नेछ ।

लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

साधारणसभा प्रयोजनका लागि बैशाख २१ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बैशाख २० गतेसम्म कायम शेयरधनीहरुले साधारणसभामा भाग लिन पाउने छन् । साधारणसभामा सञ्चालक समितिले यस आर्थिक वर्षको मुनाफा तथा सञ्चित कोषबाट लाभांश नदिने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS