काठमाडौं । हाल नेपालमा ८ राष्ट्रिय स्तरका विकास बैंक रहेका छन् । मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, ज्योति विकास बैंक, शाइन रेशुङ्गा डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र कामना सेवा विकास बैंक रहेका छन् ।
यी ८ विकास बैंकले चालु आर्थिक वर्ष ( ७९/८० )को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको अवस्थामा इन्स्योरेन्स खबरले गरेको तुलनात्मक अध्ययन :
चुक्ता पुँजीको आधारमा : राष्ट्रिय स्तरका ८ विकास बैंक मध्ये मुक्तिनाथ विकास बैंकको चुक्ता पुँजी सबै भन्दा धेरै छ । बैंकको ६ अर्ब ४२ करोड चुक्ता पुँजी छ । दोश्रोमा गरिमा विकास बैंकको ५ अर्ब १८ करोड चुक्ता पुँजी छ ।
जगेडा कोषको आधारमा :
राष्ट्रिय स्तरका ८ विकास बैंक मध्ये लुम्बिनी विकास बैंकको जगेडामा सर्वाधिक २ अर्ब ४९ करोड रहेको छ । दोश्रोमा मुक्तिनाथ विकास बैंकको जगेडामा २ अर्ब ४० करोड हुँदा सबै भन्दा कम सांग्रिला डेभलपमेन्ट बैकको जगेडामा १ अर्ब १२ करोड संचित छ।
निक्षेप संकलनको आधारमा :
राष्ट्रिय स्तरका ८ विकास बैंक मध्ये मुक्तिनाथ विकास बैंकले सर्वाधिक १ खर्ब १२ अर्ब निक्षेप संकलन गरेको छ भने दोश्रोमा गरिमा विकास बैंकले ७३ अर्ब ८६ करोड निक्षेप संकलन गर्दा सबै भन्दा कम लुम्बिनी विकास बैंकले ४५ अर्ब ९४ करोड निक्षेप संकलन गरेको छ।
कर्जा प्रवाहको आधारमा :
राष्ट्रिय स्तरका ८ विकास बैंक मध्ये मुक्तिनाथ विकास बैंकले सर्वाधिक ९१ अर्ब ८४ करोड कर्जा प्रवाह गरेको छ भने दोश्रोमा गरिमा विकास बैंकले ६० अर्ब ६५ करोड कर्जा प्रवाह गर्दा सबै भन्दा कम महालक्ष्मी विकास बैंकले ३६ अर्ब ३० करोड कर्जा प्रवाह गरेको छ ।
खुद व्याज आम्दानीको आधारमा :
राष्ट्रिय स्तरका ८ विकास बैंक मध्ये मुक्तिनाथ विकास बैंकले सर्वाधिक ३ अर्ब २ करोड खुद व्याज आम्दानी गर्दा दोश्रोमा गरिमा विकास बैंकले २ अर्ब ३८ करोड खुद व्याज आम्दानी गरेको छ । सबै भन्दा थोरै खुद व्याज आम्दानी लुम्बिनी विकास बैंकले १ अर्ब ३८ करोड गरेको छ।
खुद नाफाको आधारमा :
राष्ट्रिय स्तरका ८ विकास बैंक मध्ये मुक्तिनाथ विकास बैंकले सर्वाधिक ८० करोड ६२ लाख खुद नाफा गरेको छ भने दोश्रोमा गरिमा विकास बैंकले ६५ करोड १८ लाख खुद नाफा गरेको छ। सबै भन्दा थोरै खुद नाफा ज्योति विकास बैंकले २० करोड १६ लाख गरेको छ ।
प्रति शेयर आम्दानीको आधारमा :
राष्ट्रिय स्तरका ८ विकास बैंक मध्ये लुम्बिनी विकास बैंकको प्रति शेयर आम्दानी सर्वाधिक १८ रुपैयाँ ४५ पैसा हुँदा दोश्रोमा शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकको १७ रुपैयाँ २६ पैसा हुँदा ज्योति विकास बैंकको सबै भन्दा कम ६ रुपैयाँ १२ पैसा छ ।
किताबी मूल्यको आधारमा :
राष्ट्रिय स्तरका ८ विकास बैंक मध्ये लुम्बिनी विकास बैंकको किताबी मूल्य सर्वाधिक १७३ रुपैयाँ ६७ पैसा हुँदा दोश्रोमा महालक्ष्मी विकास बैंकको १५२ रुपैयाँ ८१ पैसा हुँदा ज्योति विकास बैंकको सबै भन्दा कम १२७ रुपैयाँ ८० पैसा छ।
खराब कर्जाको आधारमा :
राष्ट्रिय स्तरका ८ विकास बैंक मध्ये मुक्तिनाथ विकास बैंकको खराब कर्जा सबै भन्दा कम एक दशमलव ९९ प्रतिशत हुँदा दोश्रोमा शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकको २ दशमलव ११ प्रतिशत हुँदा महालक्ष्मी विकास बैंकको खराब कर्जा सबै भन्दा धेरै ४ दशमलव ६२ प्रतिशत छ ।
वितरण योग्य नाफाको आधारमा :
राष्ट्रिय स्तरका ८ विकास बैंक मध्ये शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकले सर्वाधिक १९ करोड ७३ लाख वितरण योग्य नाफा कायम गर्न सफल भएको छ भने दोश्रोमा गरिमा विकास बैंकको वितरणयोग्य नाफा १८ करोड ७५ लाख रहेको छ। चार विकास बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । ऋणात्मक वितरणयोग्य नाफा हुने विकास बैंकमा महालक्ष्मी, मुक्तिनाथ, शांग्रिला र ज्योति विकास बैंक रहेका छन् ।