Connect IPS
IME Life

नयाँ ठेक्का नलाग्दा इन्जिनियरिङ बीमामा भारि गिरावट, मोटरको पोर्टफेलियो ३२ प्रतिशत नाघ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले विकास निर्माणका लागि नयाँ ठेक्का लगाउन नसक्दा बीमा कम्पनीहरुको प्रमुख आम्दानीको स्रोत इन्जिनियरिङ तथा ठेकेदार बीमाको पोर्टफेलियोमा भारि गिरावट आएको छ । गएक वर्षको चैत महिनामा मात्रै इन्जिनियरिङ तथा ठेकेदार बीमाको हिस्सा २२ प्रतिशत रहेकोमा यस वर्ष १७ प्रतिशतमा खुम्चिएको छ ।

सरकारले कर्मचारीको तलब भत्ता समेत खुवाउन नसकिरहेको अवस्थामा नयाँ ठेक्का खुलाउन सकेको छैन । जलविद्युत लगायतका इन्जिनिरिङका कामबाट चालु आर्थिक वर्षको चैत महिनासम्ममा बीमा कम्पनीहरुले ५ अर्ब २६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

Prabhu
Crest

नेपाल बीमा प्राधिकरणले दिएको तथ्याङ्क अनुसार चैत महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले कुल ३० अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । उक्त बीमा शुल्क आर्जन मध्ये सर्वाधिक धेरै हिस्सा मोटर बीमाको छ । मोटर बीमा मार्फत कम्पनीहरुले ९ अर्ब ८८ करोड रुपैयाँ आर्जन गरेका छन् । जसको बजार हिस्सा ३२.९४ प्रतिशत रहेको छ । गत वर्षको चैत महिनामा मोटर बीमाको बजार हिस्सा ३०.९० प्रतिशत थियो ।

दोस्रो ठुलो हिस्सा रहेको सम्पत्ती बीमा तर्फ कम्पनीहरुले ६ अर्ब ६८ करोड रुपैयाँ आर्जन गरेका छन् । सम्पत्ती बीमाको बजार हिस्सा २२.२६ प्रतिशत छ । गत वर्षको गएको वर्षको चैत महिनामा सम्पत्ती बीमाको बजार हिस्सा १९.३२ प्रतिशत थियो । यस तर्फ २.९४ प्रतिशत विन्दुले सुधार भएको छ ।

विविध बीमा तर्फको व्यवसायले १२.१६ प्रतिशत हिस्सा ओगटेकोमा यस वर्ष १०.६८ प्रतिशत मात्रै छ । त्यस्तै हवाइ बीमा तर्फको हिस्सामा पनि सामान्य बृद्धि देखिएको छ । सामुद्रिक बीमाको बजार हिस्सा पनि ४.९३ प्रतिशतबाट ५.१५ प्रतिशत पुगेको छ । आयात बढ्दा यस तर्फको बीमा शुल्क आर्जनमा बृद्धि देखिएको हो । कृषि तथा बाली बीमाको पोर्टफेलियोमा भने गिरावट देखिन्छ । यस्तो पोर्टफेलियो ७.२९ प्रतिशतबाट ६.०५ प्रतिशतमा खुम्चिएको छ । लघु बीमामा भने सामान्य सुधार देखिन्छ ।

नेपाल बीमा प्राधिकरणले लघु बीमा व्यवसायका लागि छुट्टै नयाँ ७ लघु बीमा कम्पनीलाई लाइसेन्स प्रदान गरिसकेको छ । अव लघु बीमा व्यवसाय लघु बीमा कम्पनीहरुले सुरु गर्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS