Connect IPS
IME Life

तेस्रो त्रैमासमा निर्जीवन बीमा कम्पनीको व्यापार ३० अर्बमाथि, शिखरको अग्रता कायमै हुँदा कुनको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०७९/ ८० को चैत महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले राम्रो व्यापार गरेका छन् । यस अवधिसम्ममा निर्जीवन बीमा कम्पनीहरुले २१ लाख ६६ हजार ३२८ वटा बीमा पोलिसी विक्री गरी ३० अर्ब १ करोड ४८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुले २८ अर्ब ७० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए ।

नेपाल बीमा प्राधिकरणको तथ्यांङक अनुसार चैत महिनामा मात्रै २ लाख ८९ हजार ८८३ वटा बीमा पोलिसी विक्री गरी ४ अर्ब १४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । चैत महिनासम्ममा सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले व्यवसाय भित्राएको छ । यस अवधिसम्ममा कम्पनीले ४ अर्ब १५ करोड ४८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिसम्ममा ३ अर्ब ४८ करोड १३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा ३ अर्ब ३५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
हिमालयन एभरेष्टले २ अर्ब २९ करोड, नेको इन्स्योरेन्सले २ अर्ब २६ करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ९९ करोड, एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब ८१ करोड, सानिमा जिआइसीले १ अर्ब ६५ करोड, अजोड इन्स्योरेन्सले १ अर्ब ४४ करोड, आइएमई जनरलले १ अर्ब ४२ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब १५ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब १५ करोड, ओरिएण्टल इन्स्योरेन्सले १ अर्ब ७ करोड, प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ४ करोड, यूनाइटेड इन्स्योरेन्सले ९३ करोड र नेशनल इन्स्योरेन्सले ७६ करोड रुपैयाँ कुल व्यवसाय भित्राएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%

खुसी

0%

दु :खी

0%

अचम्मित

14%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS