Connect IPS
IME Life

उपनिर्वाचनको मत परिणाम पछि शेयर बजारमा सुधार, १७ अंकले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । उपनिर्वाचनको मत परिणाम सँगै शेयर बजारमा सुधार देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रविलामिछाने चितवनको २ नम्बर क्षेत्र र स्वर्णिम वाग्ले तनहुँ एकबाट निर्वाचित भए सँगै यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको हो ।

अर्थविद स्वर्णिम वाग्ले निर्वाचित भए सँगै राष्ट्रिय स्वतन्त्र पार्टीले आफु सरकारमा संलग्न भएका खण्डमा वाग्लेलाई अर्थमन्त्रीको रुपमा अगाडी सार्ने चर्चा चलेको छ । अहिले पनि स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । यसले गर्दा सरकारमा आफ्नो मन्त्री पठाउने सम्भावना उच्च छ । अहिलेको सत्ता समिकरणलाई राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा समावेश गराउदा लाभप्रद छ ।

Prabhu
Crest

यदि अर्थविद वाग्ले सरकारमा गए पनि अहिलेको आर्थिक संकटलाई चिर्न सफल हुने विश्लेषण गरिएको छ । यहिकारले आज लगातार घटिरहेको नेप्से सूचक १७.३६ अंकले सुधार भएको छ ।  कारोबार रकम भने ८८ करोड २५ लाख रुपैयाँमा सिमित भएको छ । नेप्से सूचक १९०५.६८ अंकमा रोकिएको छ ।

१६३ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा ४८ वटा कम्पनीको शेयर मूल्यमा गिरावट देखिन्छ । म्युचुअल फण्ड बाहेक सम्पुर्ण सूचक तथा उपसूचकमा सुधार देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS