काठमाडौं । आज शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्शे परिसूचक २ दशमलव ७१ प्रतिशतले बृद्धि भई १८८८ दशमलव ३२ को विन्दुमा कायम भएको छ । आज ७५ करोड १३ लाख ३० हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दम धेरै पिपल्स पावरका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयर ८.११ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ३ सय रुपैयाँ कायम भएको छ ।
यसैगरी एनआइबीएल प्रगति फन्डको शेयर ७.९४ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ८ रुपैयाँ कायम भएको छ । आज नबिल इक्युटि फन्डको शेयर ३.९२ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ८ रुपैयाँ कायम भएको छ भने आखु दोला जलविद्युत कम्पनीको शेयर ३.५६ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य २२९ रुपैयाँ कायम भएको छ ।