Connect IPS
IME Life

एक स्टक र दुई कमोडिटी एक्सचेन्जका लागि ७ वटाको आवेदन, कसले मार्ला बाजी ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्ज (वस्तु तथा विनिमय बजार)का लागि ७ वटाको आवेदन परेको छ । स्टक एक्सचेन्जका लागि तीन वटाको आवेदन परेको छ भने कमोडिटी एक्सचेन्जका लागि ४ वटाको आवेदन परेको हो ।

नयाँ स्टक एक्सचेन्जका लागि हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपुर्ण स्टक एक्सचेन्जले बोर्डमा निवेदन दिएका छन् । त्यस्तै कमोडिटी मार्केटका लागि मल्टी एसेट्स एन्ड डेरिभेटिम एक्सचेन्ज (म्याक्स), मल्टी डेरिभेटिम एक्सचेन्ज, हिमालयन कमोडिटिज एन्ड डेरिभेटिभ र नेपाल मल्टी कमोडिटी एक्सचेन्जको आवेदन परेको हो ।

Prabhu
Crest

मिडिया सञ्चालक तथा व्यवसायी रामेश्वर थापाको समुहले अन्नपुर्ण स्टक एक्सचेन्जका लागि आवेदन दिएका हुन् । दिपक भट्ट सहित मारवाडी समुदायको लगानीमा हिमालयन स्टक एक्सचेन्जको नाममा आवेदन परेको छ । यहि समुहले कमोडिटी र स्टक एक्सचेन्ज दुबैका लागि आवेदन दिएका हुन् । यहि समुहले हिमालयन रिइन्स्योरेन्स कम्पनीको लाइसेन्स समेत हुत्याएको थियो । व्यवसायिक एकछत्र राज गर्दै आइरहेको यस समुहले नेपालको जुन सुकै राजनीतिक दललाई आफ्नो हातमा राख्न माहिर छ ।

पैसामा चलखेल गर्न माहिर यस समुहलाई राजनीतिक परिवर्तनले असर नगर्ने भएकाले यहि समुहले लाइसेन्स हुत्याउने सम्भावना उच्च छ । केहि समय अगाडी नेपाल बीमा प्राधिकरणले आह्वान गरको लघु बीमा कम्पनीको लाइसेन्स पनि यहि समुहले हुत्याएको थियो ।

दीपक तिमिल्सिना, गैरआवासीय नेपाली, सिद्धार्थ ग्रुप, अग्नि ग्रुप, रिलायन्स ग्रुपको मुख्य लगानी रहेको नेशनलले पनि राम्रै राजनीतिक पहुँच राख्छ । धितोपत्र बोर्डले बस्तु विनिमय बजार ऐन लागु भए सँगै पुराना विनिमय बजार सञ्चालकलाई निस्तेज पार्नेदेखि लिएर अवैध कारोबार गर्नेलाई जेल पुर्याइसकेको हुँदा यसका लागि नयाँ लगानीकर्ताहरु भित्रिएका छन् । बोर्डले एउटा नयाँ स्टक एक्सचेन्ज र दुई वटा कमोडिटी एक्सचेन्जको लाइसेन्स दिनेछ ।

जुन समुहले देउवा पत्नी आरजु राणा सँग राम्रो पहुँच राख्छ त्यहि समुहले लाइसेन्स पाउने पक्का छ । अर्थमन्त्री डा. प्रकाशरण महत आरजुकै कार्यकर्ता भएको हुँदा अर्थमन्त्री भन्दा पनि देउवा पत्नीको माग पुरा गर्न सक्नेले लाइसेन्स पाउने पक्का छ । यस भन्दा अगाडी लघु बीमा कम्पनीको लाइसेन्सको अन्तिम निर्णय पनि यहि संयन्त्रबाट बाँडफाँड भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS