काठमाडौं । बस्तु तथा विनिमय बजार सञ्चालनमा पनि हिमालयन रिइन्स्योरेन्स समुह अग्रसर भएको छ । यस समुहले आज ‘हिमालयन कमोडिटिज एण्ड डेरिभेटिभ एक्सचेन्ज’ स्थापनका लागि बोर्डमा आवेदन दिएका हुन् । हिमालयनसँगै मल्टी डेरिभेटिभ एक्सचेन्ज र मल्टी एसेट्स एण्ड डेरिभेटिभ एक्सचेन्जले पनि आइतबार निवेदन दिएका छन् ।
स्टक एक्सचेन्जका लागि पनि तीनवटा कम्पनीले आवेदन दिएका छन् । हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जले आवेदन दिएमा हुन् । हिमालयन रिइन्स्योरेन्स समुहका लागानीकर्ताहरु दिपक भट्ट, उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष, मारवाडी समुदायको प्रमुख लगानी रहेको छ । यो समुहले सबै क्षेत्रमा आफ्नो प्रभुत्व जमाइरहेका छन् ।
पछिल्लो समय यहि समुहको पहलमा तीन जीवन बीमा कम्पनीहरु प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ मर्जर गरि हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको नाममा एकिकृत कारोबार संचालन गर्दै छन् ।