Connect IPS
IME Life

बीमा कम्पनीको पूँजी बृद्धि योजना तीन महिना थप, असार पछि हकप्रद निष्काशनको बाटो खोल्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई न्युनतम चुक्ता पूँजी जुटाउन तीन महिनाको समय थप गरेको छ । अधिकाम्स कम्पनी मर्जरको प्रकृयाँमा गएको र केहि कम्पनीले पूँजी जुटाउनका लागि अन्य उपायहरु अपनाउने प्रतिवद्धता व्यक्त गरे पछि असार सम्मका लागि पूँजी बढाउने समय थप गरिएको नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

प्राधिकरणले लिएको नीति अनुरुप अधिकाम्स कम्पनीहरु मर्जरमा गएको र केहि कम्पनीहरुमा मात्रै समस्या देखिएको हुँदा उनिहरुका लागि असारसम्मको म्याद दिएको उनले जानकारी दिए । निर्जीवन तर्फ प्रभु इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स कम्पनीमा समस्या देखिएको छ ।

Prabhu
Crest

नेपाल इन्स्योरेन्स कम्पनीले काठमाडौं, विराटनगरमा रहेको जग्गा बिक्री गरेर पूँजी थप गर्ने निर्णय गरेको छ । कम्पनीलाई जग्गा बिक्री गरेर पूँजी जुटाउन पनि असारसम्म समय पाएको छ । त्यस्तै प्रभु इन्स्योरेन्स कम्पनीले रणनीतिक साझेदार भित्र्याउने प्रतिवद्धता व्यक्त गरेको छ ।

एलआइसी नेपालले हकप्रद निष्काशनका लागि माउ कम्पनीबाट पैसा जुटाइसकेको छ । अव नेपालमा रहेका लगानीकर्ताहरु सँग हकप्रद आह्वान गर्न बाँकी छ । एनएलजी इन्स्योरेन्स कम्पनी नेशनल लाइफको सहायक कम्पनी भएको हुँदा उसले मर्जर गर्न मानिरहेको छैन । ५१ प्रतिशत भन्दा माथि लगानी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको भएको हुँदा नेशनल हकप्रद बापतको रकम जुटाउन तयार छ । यसले गर्दा बीमा प्राधिकरण अहिलेलाई उनिहरुले भने अनुसारको योजना पुरा गर्न दिने पक्षमा छ ।

मर्जरमै गएका कतिपय कम्पनीको पूँजी पुगेको छैन । मर्जरमा नगई सत प्रतिशत हकप्रद शेयर निष्काशन गरेर चलखेल गर्ने कम्पनीलाई निरुत्साहित गर्ने रणनीतिमा बीमा प्राधिकरण रहेको छ । आगामी असारसम्ममा बीमा कम्पनीहरुले आफ्नो मुनाफालाई क्यापिटलाइज गर्दा कति जति पूँजी जुटाउन सक्ने आकलन गरेर मात्रै क्यापिटल प्लानका विषयमा ठोस निर्णय गर्ने पक्षमा प्राधिकरण रहेको छ ।

मर्जर गरेर पनि पूँजी जुटाउन नसक्ने कम्पनीहरुले हकप्रद शेयर निष्काशनको लागि प्राधिकरण समक्ष अनुरोध गर्दै आइरहेका छन् । उनिहरुका लागि हकप्रद शेयर निष्काशन गर्न दिदा सबैलाई अनुमति दिनु पर्ने भन्दै तत्कालका लागि पर्खन अनुरोध गरेको छ ।

असारसम्ममा नेशनल लाइफ, शिखर इन्स्योरेन्स, एशियन लाइफ, नेको इन्स्योरेन्सले मुनाफालाई पूँजीकरण गर्दा के कति पूँजी पुग्दैन भनेर विश्लेषण गरेर मात्रै निर्णय गरिने प्राधिरकणले जनाएको छ । जीवन तर्फ चार वटा कम्पनीले प्रिमियममा आइपिओ निष्काशन गरेरै पूँजी जुटाउने योजना प्राधिकरण समक्ष पेश गरेका छन् । महालक्ष्मी लाइफले प्रिमियममा आइपिओ निष्काशन पश्चात प्रभु लाइफ सँग मर्जर गर्ने योजना बनाएको छ ।

मर्जर पछि पनि हिमालयन एभरेष्ट, सानिमा जिआइसीले हकप्रद निष्काशन गर्नु पर्ने बाध्यता छ । मर्जर पछि सगरमाथा लुम्बिनी र सिद्धार्थ प्रिमियरलाई समस्या पर्ने छैन । मर्जरको अन्तिम तयारीमा रहेका युनियन, प्राइम र गुराँसलाई पूँजी जुटाउन समस्या पर्ने छैन । मर्जरको अन्तिम तयारीमा रहेका अजोड र युनाइटेडलाई भने हकप्रदको आवश्यकता पर्नेछ ।

आइएमई जनरल र प्रुडेन्सियललाई पनि हकप्रदको आवश्यक पर्ने छैन । त्यस्तै आगामी आर्थिक वर्षमा दर्जन भन्दा बढी बीमा कम्पनीहरुले ३० देखि ५० प्रतिशतको अनुपातमा हकप्रद शेयर निष्काशन गर्नु पर्नेछ । प्राधिरकण पनि थोरै थोरै हकप्रद शेयर निष्काशनका लागि रोक्ने पक्षमा छैन । असारसम्मको मुनाफालाई क्यापिटलाइज गरे पछि मात्रै हकप्रद शेयर निष्काशन गर्न दिने प्राधिकरणको योजनाले गर्दा बीमा कम्पनीहरुले कम्तिमा पनि माघ भन्दा पहिला हकप्रद शेयर निष्काशन गर्न सक्ने देखिदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS