IME Life
GBIME

धितोपत्र बोर्डको काम शेयर निष्काशनको अनुमति मात्रै दिने, ओभर सप्लाइ धान्ने उपकरण खोइ ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । शेयर बजारको सामान्य नियम सप्लाइ र डिम्याण्ड नै हो । सप्लाइ बढ्यो भने शेयर मूल्य घट्छ अनि सप्लाइ घट्यो भने शेयर मूल्य बढ्छ । जसरी तरकारी बजारमा काउलीको उत्पादन धेरै भएर एकै पटक बिक्रीमा आयो भने राता रात घट्छ । जव तरकारीको उत्पादन घट्दै जान्छ र सप्लाइ कम हुँदै जान्छ मूल्य पनि उकालो लाग्न थाल्छ ।

शेयर बजार सर्वाधिक उचाइमा पुगेको महिनामा दोस्रो बजारमा ५ अर्ब ८७ करोड ५८ लाख ३३ हजार कित्ता शेयर सूचिकृत थियो । गत फागुन महिनामा दोस्रो बजारमा सूचिकृत कम्पनीको संख्या ७ अर्ब ११ करोड ७३ लाख ४४ हजार कित्ता पुगेको छ । विगत डेढ वर्षको अवधिमा एक अर्ब २४ करोड कित्ता शेयर दोस्रो बजारमा सूचिकृत भइसकेको छ ।

Crest

नेप्से परिसूचक ३१९९ अंकबाट १८ सय अंकमा झर्दा साना ठुला धेरै लगानीकर्ता बजारबाट बाहिरिसकेका छन् । बजारमा स्वतस्फुर्त कारोबार गर्ने लगानीकर्ता एकातिरबाट बाहिरिने अर्को तर्फबाट ठुलो लगानीकर्ताले पनि बजारमा खासै सक्रियताका साथ कारोबार नगर्ने ट्रेण्डले गर्दा सानो सप्लाइ पनि बजारले धान्न सकिरहेको छैन ।

यहि कारणले गर्दा अघिल्लो दिन ९० अंकले बढेको नेप्से सूचक भोलिपल्ट ३०/३५ अंकले घट्न थाल्छ । अल्पकालिन लगानीकर्ताले नियमित शेयर खरिद बिक्री गरिरहेका हुन्छन् । बजार अल्पकालिन लगानीकर्ताको सानो शेयर सप्लाइलाई पनि धान्न नसक्ने भइसकेको छ ।

बजारको सप्लाइ धान्ने विभिन्न टुलको विकासै नगरी धितोपत्र बोर्डले भने आवेदन दिने सम्पुर्ण कम्पनीहरुलाई आइपिओ निष्काशनको अनुमति दिदै आएको छ । चालु आर्थिक वर्षमा मात्रै बोर्डले २७ वटा कम्पनीलाई ९ अर्ब ४९ करोड रुपैयाँको आइपिओ निष्काशन अनुमति दिएको छ । यि कम्पनीको कुल २६ अर्ब ८४ करोड रुपैयाँको शेयर दोस्रो बजारमा सूचिकृत हुनेछ ।

यसै अवधिमा सूचिकृत कम्पनीका बोनस शेयर पनि सँग सँगै सूचिकृत भएका छन् । यति ठुलो सप्लाइ धान्न नेपाल धितोपत्र बोर्डले भने खासै ठुलो उपकरण निर्माण गर्न सकेको छैन । शेयर बजारको ओभर सप्लाइ धान्ने किसिमका संस्थागत लगानीकर्ताको बजारमा प्रवेश नहुँदा बजारमा टिकाउ देखिदैन ।

दोस्रो बजारमा अझै पनि प्रभावकारी स्टक डिलर आउन सकेको छैन । नागरिक लगानीकोषको स्टक डिलर सामान्य संस्थागत लगानीकर्ता भन्दा माथि उठ्न सकेको छैन । नागरिक स्टक डिलर बाहेक अन्य ठुला लगानीकर्तालाई बोर्डले प्रोत्साहन गर्न सकेको छैन ।

बोर्डले ठुला ठुला कोष बोकेर बसेका नेपाल टेलिकम, कर्मचारी सञ्चयकोष, सामाजिक सुरक्षा कोष, कर्जा सुरक्षण कोष, बीमा लगायतका कम्पनीहरु लाई स्टक डिलरको लागि आकर्षित गर्न सकेको छैन । त्यस्तै बजारलाई चलायमान हुने विभिन्न टुलहरुको विकास गर्ने दायित्व धितोपत्र बोर्डकै हो । दोस्रो बजारमा कारोबार गर्नैका लागि स्थापित म्युचुअल फण्डहरुले पनि त्यति धेरै प्रभावकारी रुपमा काम गर्न सकेका छैनन् । सर्वसाधारण र प्रमुख लगानीकर्ताको लगानीलाई फस्न नदिन उनिहरुले मनलाग्दी लगानी गर्न सक्दैनन् । कतिपय म्युचुअल फण्डको अधिकाम्स फण्ड बैंक वित्तीय संस्थाकै निक्षेपमै सिमित छ । जव बजार बढ्न थाल्छ अनि मात्रै यस्ता म्यचुअल फण्ड तथा संस्थागत लगानीकर्ताको प्रवेश हुन्छ । यहि समयमा भएभरका लगानीकर्ता बजार प्रवेश गर्छन् । सबैको जोडबलमा बजार द्रुत गतिमा अगाडि बढ्छ । बजार जति धेरै द्रुत गतिमा अगाडी बढ्छ फस्ने सम्भावना पनि बढ्छ ।

बजार बढ्छ भन्ने हल्ला चलेपछि घरजग्गादेखि लिएर अन्य क्षेत्रमा लगानी गर्न राखिएका पैसालाई समेत बजारमा छिराउने अनि बजार घट्न थाल्यो भने पछि एकै पटक सबै लगानी फिर्ता लिने प्रवृत्तीका कारण बजारमा धेरै नै उतारचढाव आउने गरेको छ । यस्तो अवस्थामा बजार चलायमान हुने भन्दा पनि झन् धेरै पेनिक अवस्थाको सिर्जना हुन्छ । डेढ वर्ष अगाडी बजार उच्च विन्दुमा रहदा शेयर खरिद गर्ने लगानीकर्ताहरु अहिले धुरु धुरु रुनु परेको छ । बजारलाई मैले राम्रो सँग बुझेको छु भन्ने लगानीकर्ताहरु पनि अहिलेको अवस्थामा तनावमा छन् ।

शेयर बजार छिटो पैसा कमाउने ठाउँ हो भन्ने मनोविज्ञानले पनि शेयर बजार स्थिर हुन सकेको छैन । बढेको अवस्थामा एकै दिन अर्बौ रुपैयाँ कमाउन सकिने भन्दै क्षमता भन्दा माथिको लगानी हुन्छ । बिक्री गरेर बाहिरिने लगानीकर्ताले राम्रै कमाए पनि बिक्री गर्न नसक्ने लगानीकर्ता बजारमै लामो समय फस्छ ।

बजारमा लगातार गिरावट आउदा पहिला नै लगानी गरेर बसेका लगानीकर्ताले सकेसम्म बिक्री गर्न चाहदैनन् । साथै बिक्री गर्नेहरुको पनि पेनिक सेल हुन्छ । यस्तो अवस्थामा बोर्डले इन्ट्रा डे कारोबारको व्यवस्था गर्ने हो भने पेनिक भएर बसेका लगानीकर्ताले पनि आफु सँग भएको शेयरबाटै राम्रो पैसा कमाउन सक्छन् । यस्तो अवस्थामा हातमा शेयर भएका लगानीकर्ताहरु विस्तारै बजारमा प्रवेश गर्ने अवस्थाको सिर्जना हुन्छ ।

धितोपत्र बोर्डले शेयर सप्लाइ थोरै भएका कम्पनीहरुको मूल्यमा आउने उतारचढावलाई नियन्त्रण गर्न छुट्टै व्यवस्था गर्नु पर्छ । जसले गर्दा बजारलाई बढि भोलाटाइल हुनबाट बचाउछ । धेरै भोलाटाइल हुँदा धेरै कमाउने प्रलोभनका कारण बजारमा प्रवेश गर्नेहरु छिट्टै पलायन हुन थाल्छन् । यस्ता कम्पनीमा कर्नरिङ गरेर बढाउने सम्भावना पनि उच्च रहन्छ ।

बोर्डले चुक्ता पूँजीका आधारमा ट्रेडिङ मेकानिजम छुट्टा छुट्टै बनाउने हो भने लगानीकर्ताहरु फस्ने अवस्था पनि आउदैन । बजारमा धेरै ठुलो उतारचढाव नआउने व्यवस्था हुने हो भने संस्थागत लगानीकर्ताहरुका साथै नियमित रुपमा बजारलाई नै आम्दानीको स्रोत बनाउने लगानीकर्ताहरु टिकिरहन सक्छन् ।

इन्साडर ट्रेडिङ र कर्नरिङ गरेर कमाउन पल्किएका ब्रोकर र ठुला लगानीकर्ताकै कारण बजारमा सर्वाधिक धेरै उतारचढाव आउछ । जसले गर्दा ९५ प्रतिशत भन्दा बढि लगानीकर्ता फस्नु पर्छ । जवसम्म धितोपत्र बोर्डले बाँकी ९५ प्रतिशत लगानीकर्ताको हित सुरक्षाका लागि उपकरणको विकास गर्न सक्दैन बजार पनि चलायमान हुन सक्दैन ।

नेपालको शेयर बजारमा प्राय ८ वर्षको साइकल रहन्छ । ८ वर्षको अवधिमा ४ वर्ष लगातार घटिरहन्छ र बाँकी ४ वर्ष लगातार सुधार हुन्छ । तर यस पटकको साइकल एकदमै छोटो देखियो । कोभिड १९ पछि ठप्प बनेको अर्थतन्त्र र सरकारले कोभिड १९ को नियन्त्रणका लागि गरेको लकडाउनका क्रममा लगानीकर्ताले आफ्नो सम्पुर्ण स्रोत साधन शेयर बजारमा खन्याए । जसले गर्दा शेयर बजारकै साइकल घटेको छ । अहिलेको साकइलक ४ देखि ६ वर्षमा छोट्टिने विश्लेषण गरिएको छ । बजार अस्वभाविक रुपमा माथि उक्लियो र अस्वभाविक रुपमै तल झर्यो । बजार अनियन्त्रित रुपमा चल्ने प्रणालीलाई बोर्डले एउटा करिडोरमा हिडाउने मेकानिजम र ट्रेडिङ टुलहरुको विकास गर्नु पर्छ ।

बस्तु तथा विनिमय बजारको लागि लाइसेन्स प्रकृयाँ अगाडी बढाएको बोर्डलाई भोलिका दिनमा दुई छुट्टा छुट्टै प्रकृतिको कारोबारको नियमन गर्न हम्मे हम्मे पर्नेछ । शेयर बजारलाई नै राम्रो सँग नियमन गर्न नसकिरहेको अवस्थामा बस्तु तथा विनिमय बजारलाई नियमन गर्नु पर्दा लगानीकर्ताको लगानीलाई सुरक्षित गर्न गाह्रै पर्ने देखिन्छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS