Connect IPS
IME Life

सिटिजन्स बैंक १७औं वर्षमा प्रवेश, ल्यायो टपअप गर्दा १६ जनाले १६ सय पाउने योजना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आज आफ्नो स्थापनाको १६औं वर्ष पूरा गरी १७औं वर्षमा सफलतापुर्वक प्रवेश गरेको छ । यस अवसरमा बैंकले नियमनकारी निकाय, शेयरधनी, बैंकका कर्मचारी, ग्राहकवर्ग लगायत बैंकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रपमा सहयोग गर्ने व्यक्तिहरुलाई हार्दिक आभार व्यक्त गरेको छ ।

बैंकले हालसम्म करिव १५ लाख ५५ हजार ग्राहकलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ । बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमास सम्ममा बैंकको कूल निक्षेप करिव १ खर्ब ६२ अर्ब रहेकोमा कर्जा तर्फ १ खर्ब ४३ अर्ब रहेको छ र यसै अवधिमा करिव १ अर्ब २४ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ ।

Prabhu
Crest

हालसम्म बै.कले सातवटै प्रदेशमा १८२ वटा शाखा कार्यालयहरु विस्तार त्याधुनिक प्रविधि मार्फत गरी देशको हरेक कुना कन्दरामा शाखा खोलि सुगम तथा दर्गम ठाउँमा पनि बैंकिङ सेवा दिँदै आइरहेको छ । आगामी दिनमा पनि बैंकले अझै सुलभ तथा सरल बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

बैंकले आफ्नो १६औं बार्षिकोत्सवको अवसरमा सातवटै प्रदेशमा प्रभातफेरी कार्यक्रम आयोजना गर्ने जनाएको छ । साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सातवटै प्रदेशमा रक्तदान कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।

यसै अवसरमा बैंकले टपअपमा बहार योजना पनि सार्वजनिक गरेको छ । जसमा बैंकले १ हजार वा सोभन्दा बढी टपअप गर्दा १६ जना ग्राहकले १६ सय क्यास ब्याक पाउने योजना ल्याएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS