Connect IPS
IME Life

नबिल बैंक र पूर्वाञ्चल विश्वविद्यालय बिच सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नबिल बैंक लिमिटेड र पूर्वाञ्चल विश्वविद्यालय बिच वित्तीय कारोबार र विभिन्न तालिमद्वारा मानवसंशाधनको वृद्धिविकासका लागि समझदारी भएको छ । एक कार्यक्रमका बिच दुई निकायका अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना र पूर्वाञ्चल विश्वविद्यालयका रजिस्टार नीलमणि पोखरेलले हस्ताक्षर गरेका हुन् । यस समझदारी अन्तर्गत बैंकले विश्वविद्यालय परिसरमा शाखा स्थापना गरी शिक्षक तथा कर्मचारीहरूलाई अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउने छ र विश्वविद्यालयले मानवसंशाधनको वृत्ति विकासका लागि तालिम विकासमा सहयोग गर्ने उल्लेख गरिएको छ ।

Prabhu
Crest

यो समझदारी दुवै संस्थाका लागि लाभदायक भएको नबिल बैंकका सिइओ ढुंगानाले बताए । ’पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यले बैंकका कर्मचारीको वृत्ति विकासमा सहयोग पुग्छ र विश्वविद्यालयका शिक्षक तथा कर्मचारीले पनि सहुलियतदरमा स्तरीय आधुनिक बैंकिङ सेवा पाउने भएकोले समझदारी दुबैको हितमा रहेको छ’ ढुंगानाले जानकारी दिए ।

समझदारी हस्ताक्षर कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा.यादवराज कोइराला, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सञ्जेशप्रसाद कोइरालाका साथै नबिल बैंकका नायब कार्यकारी प्रमुख भुपेन्द्र पाण्डे र चिफ होलसेल लायबिलिटी कविन्द्रप्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS